पोखरा न्युज –
आगामी आर्थिक बर्ष २०७४/०७५ का लागि सरकारले एउटा गाउँपालिकालाई न्यूनतम १० करोड र अधिकतम ३९ करोडको बजेट छुट्याएको छ ।
सोमबार संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले गाउँपालिका संगै नगरपालिकाले न्यूनतम १५ करोडदेखि ४३ करोडसम्म , उपमहानगरपालिकाले न्युनतम ४० करोडदेखि अधिकतम ६३ करोडसम्म केन्द्र सरकारबाट अनुदान पाउने घोषणा गरेका हुन् ।
त्यस्तै गरि अर्थमन्त्री महराले महानगरपालिकाले कम्तिमा ५६ करोडदेखि अधिकतम १ अर्ब २४ करोडसम्म अनुदान पाउने घोषणा गरे ।