पोखरामा गगनचुम्बी भवन बनाउन माग

पोखरा न्युज –

पोखरा क्षेत्रका घर जग्गा व्यवसायीहरुले पोखरामा गगनचुम्बी भवन बनाउन माग गरेका छन । गण्डकी जग्गा तथा आवास विकास ब्यवसायी संघको सुक्रबार अवेर पोखरामा सम्पन्न भएको १३ औं साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन सत्रमा  घर जग्गा व्यवसायीहरुले पोखरामा सिमित जग्गा भएकोले समयसापेक्ष गगचुम्बी भवन बनाउन पाउनु पर्ने माग गरेका हुन। उनीहरुले विज्ञ सहितको टोलीले दिएको आधारमा आफुहरुले सुरक्षालाई मध्यनजर गरी अग्ला भवनहरु बनाउन पाउनु पर्ने माग गरेका हुन ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले व्यवसायिहरुको मागलाई महानगरपालिकाले मनन गर्ने बताए । उनले भने “महानगरको भौगोलिक अवस्थालाई अध्ययन गरी विज्ञको सुझावको आधारमा कति उचाइका गगनचुम्बी भवन बनाउन मिल्छ त्यसलाई हामीले मान्यता दिन सक्छौं । ” भुगोलले थेग्न सक्ने क्षमताको आधारमा भवन बनाउन मिल्ने गरी एउटा मापदण्ड छिट्टै ल्याउने तयारी भएको समेत उनले जनाए । पोखरामा एक प्रकारको मापदण्ड भए पनि हाल पोखराको लेकसाइृडमा मापदण्ड विपरित १० भन्दा माथिका तलासम्म निमार्ण भएका छन ।

पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठले मापदण्ड समय अनुकुल हुनुपर्ने बताए । मापदण्ड परिमार्जनको सवालमा नगरविकास समिति र महानगरपालिका मिलेर अघि बढ््न आफुहरु तयार रहेको उनले जनाए । नेपाल जग्गा तथा आवास विकास ब्यवसायी संघका अध्यक्ष इच्छाराज तामाङले घर, जग्गालाई राष्ट्रबैंकले अनुत्पादक क्षेत्रमा राखेकोमा आपत्ती जनाउदै उनले जग्गा तथा आवास ब्यवसायले पनि अब उद्योगको मान्यता पाउनु पर्ने माग गरे ।

संघका सल्लाहकार एबं पोखरा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष विन्दुकुमार थापाले पोखरा लेखनाथ महानगरको भु संरचनाको आधारमा मापदण्ड निर्धारण गरी ‘हाई राइजिङ बिल्डिङ’ लाई स्विकृति दिनुपर्ने माग गरे । संघका निवर्तमान अध्यक्ष अर्जुन पोखरेलले पोखरा महानगरका वस्ती विकासको लागि जग्गाको अभाव रहेकाले नयाँ वडाहरुमा पूर्वाधार विकास गरे व्यवसायीले आवास क्षेत्र विकासको लागि काम गर्न वातावरण मिलाउन माग गरे । संघका अध्यक्ष अर्जुन पोखरेलको अध्यक्षमा सम्पन्न कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, नरेश शंकर पालिखे लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

गण्डकी जग्गा तथा आवास विकास व्यवसायी संघमा त्रिपाठी

गण्डकी जग्गा तथा आवास विकास ब्यवसायी संघको अध्यक्षमा अरुण स्तोम त्रिपाठी निर्वाचित भएका छन् । शुक्रबार अवेर पोखरामा सम्पन्न भएको १३ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट त्रिपाठी सर्वसम्वत रुपमा निर्वाचित भएका हुन । संघको उपाध्यक्षमा नवराज पौडेल, महासचिवमा शिवराज आचार्य, सचिवमा कमल बहादुर बस्नेत र कोषाध्यक्षमा लेखराज हमाल चयन भए । सदस्यहरुमा शिब प्रसाद न्यौपाने, कमला गिरी, घनश्याम शर्मा, रमेश बराल, रमेश पाण्डे, नर बहादुर भुजेल, रविन बहादुर खत्री र खुम बहादुर थापा रहेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button