मोरङमा बस दुर्घटना, ४ को मृत्यु २३ घाइते

चैत्र ९-

मोरङको बयरवन–९ मा बुधबार साँझ सवारी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा परी २३ जना घाइते भएका छन् । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीका अनुसार मृतक कसैको पनि सनाखत हुन सकेको छैन । शवको खानतलासी लिने क्रममा एकजनाको साथबाट पुरुषोत्तम सुवेदी नामको टिकट फेला परेको उर्लाबारीस्थित मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रका प्राविधिक योगेन्द्र कट्टेलले जानकारी दिए ।

साँझ सवा ७ बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ५३८७ नम्बरको बस र विपरीत दिशाबाट आउदै गरेको मे ४ प ८५११ नम्बरको मोटरसाइकलसँग जुधेर दुर्घटना भएको हो । प्रहरीका अनुसार मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित भएर बस पल्टिएको थियो ।

बसले च्यापिएर सोही बसको क्याबिनमा सवार एक महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलमा सवार दुईजना युवकको पनि घटनास्थलमै मृत्यु भएको थियो । गम्भीर घाइतेलाई थप उपचारका लागि विराटनगर लगिएको छ भने अन्यको पथरीस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

स्रोत कान्तिपुर –  https://kantipur.ekantipur.com/news/2017-03-22/20170322214008.html

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button