मुस्ताङमा बस दुर्घटनामा मृत्यु हुने पाँच जनाकै सनाखत (अपडेट)

मुस्ताङ, वैशाख –

मुक्तिनाथ मन्दिरबाट जोमसोम तर्फ आउँदै गरेको बस आज (शनिबार) दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतक पाँच जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौं महानगरपालिका ३५ कोटेश्वरका भोला अधिकारी, कामनपा–३२ का ४५ वर्षीय पुरुषोत्तम ढकाल, कागेश्वरी नगरपालिका ३ थानकोटकी ७० वर्षीया शान्ति खड्का, भक्तपुर चाँगुनारायण ८ की सीता तिमिल्सेना र महालक्ष्मी नगरपालिका–२ ललितपुरकी ५५ वर्षीया लिला खड्का रहेका छन् ।

शनिबार दिउँसो साढे १२ बजे बाह्गाउँ मुक्तिक्षेत्र गाउँपालिका–४स्थित मन्दिर जाने सडकमा ना ५ ख ६०६७ नं को बस पल्टेको हो । बसले थिचिएर पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ३० जना घाइते छन् ।

गम्भीर घाइतेलाई सेनाको हेलिकप्टरमार्फत पोखराको मणिपाल अस्पताल पुर्‍याइएपनि अस्पतालले बिरामी लिन नमानेपछी फिस्टेल हस्पिटल, गण्डकी मेडिकल कलेज, फेवा सिटि हस्पिटल तथा मेट्रो सिटि हस्पिटलमा बिरामी लगिएको छ  । तिर्थयात्रु काठमाण्डौ भक्तपुर, ललितपुरका बासिन्दा हुन् । बसमा कति जना यात्रु थिए खुल्न सकेको छैन । काठमाडौंबाट रिर्जब गरेर आएको बस भए पनि वेनीबाट केही यात्रु थपिएकोले यकिन संख्या थाहा हुन नसकेको प्रहरीको भनाइ छ ।

घटनास्थल पुगेर सेनाको ट्रकबाट मृतक, घाइते र सबै यात्रुको सामान सदरमुकाम जोमसोम ल्याइएको छ । ड्राइभर बिराज केसीको लापरबाहीले दुर्घटना भएको घाइते यात्रुहरुले आरोप लगाएका छन् । ‘टायर नगुडीकन बस ओरालोमा घिस्रिरहेको थियो, ड्राइभरलाई हामीले टायरको गन्ध आयो भन्यौं, उसले टेरेन, बस एक्कासी पल्टियो,’ घाइते ५५ वर्षीय रामभक्त खड्काले भने, हामीले भनेकै बेलामा ड्राइभरले बस रोकेको भए दुर्घटना हुन्थेन ।’ बसमा रहेका सबै मन्दिर दर्शन गर्न आएका तिर्थयात्रु रहेका उनले जानकारी दिए ।

बस दुर्घटना भएको स्थानमा ठूलो भीर छ । संयोगले भीरबाट बस खस्न पाएन । सडकमै पल्टिएको बसले चेपिएर र ठोक्किर मृत्यु तथा घाइते हुन पुगेका हुन् । सामान्य घाइतेलाई जिल्ला अस्पताल जोमसोममा उपचार गरिएको छ । दुर्घटनास्थल सदरमुकाम जोमसोमबाट २३ किमि उत्तरमा पर्छ ।

 

स्रोत – इकान्तिपुर-   https://kantipur.ekantipur.com/news/2017-04-22/20170422144128.html

फोटो चन्द्र बस्ताकोटीको फेसबुकवाट

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button