पोखरा २५ मा माईक्रो बस दुर्घटना, रुखले जोगायो चालक र सहचालकलाई

पोखरा-
दुर्घटनामा परेको बस भिरमा रहेको रुखमा अड्किदा चालक र सहचालक ठुलो क्षति हुन बाट बच्न सफल भएका छन । पोखरा २५, पुम्दी भुम्दीको पोखरा भ्यूप्वाईट नजिकको भिरमा माईक्रो बस सडकबाट भिरमा पल्टदा रुखमा अड्किन पुग्दा चालक र सहचालक सामान्य घाईते भएका हुन्  ।
पुम्दीकोटमा जारी पर्यटन महोत्सव एवं महायज्ञमा भक्तजनहरुलाइ पोखराबाट छाडेर फर्किने समयमा आज (मंगलबार) विहान करीब ११ः१० बजे बस भिरमा पल्टना पुग्दा रुखमा अड्कियर मानविय क्षति हुनबाट चन्न सफल भएको वस धनि गोपाल बरालले बताए । ग १ ख ६७९६ नम्बरको पोखरा वस व्यावसायि समितिमा आवद्ध भएको उक्त बस सिद्धार्थ राजमार्गमा पर्ने सडकबाट करीब ५० मिटर तल भिरमा पल्टदा चिलाउनेको रुपमा अड्किन पुग्दा मानविय क्षेति हुनबाट बचेको हो ।

दुर्घटना भएको बसमा चालक रामकुमार मुक्तान र सहचालक प्रकाश थापा मगर रहेका थिए । उनीहरु दुर्घटनामा परी सामान्य घाईते भएका छन भने उनीहरुको हाल नमस्ते हस्पिटलमा उपचार भई रहेको छ । यात्रु बिना खाली फर्किएको बस घटना स्थल नजिक ओरालो सकिने विक्तिकै घुम्ति भएकोले घुम्तीमा इस्टेरीङ काट्न खोज्दा ब्रेक लक भएर बस अचानक सडकबाट पल्टन पुगेको चालक मुक्तानले बताए । दुर्घटना पछि बसबाट उनीहरु बाहिर आफै निस्केर उपचार गर्न हस्पिटल पुगेका थिए । उनीहरुको ढाड र हात खुट्टामा सामान्य चोट लागेको सहचालक थापा मगरले बताए । उक्त बसको प्रायः झ्याल र ढोका वन्द भएकोले पनि बस पल्टदा चालक तथा सहचालक  मानविय क्षति हुनबाट बच्न सफल भएको उनीहरु बताउछन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button