पोखराबाट देशका अधिकाशं जिल्ला जानको लागि बसको अग्रिम टिकट बुकिङ खुल्ला

पहिलो दिनमा करिब ७ सय जनाले अग्रिम टिकट बुकिङ गरे,

डीएनबी, पोखरा न्युज । 

यातयात व्यवसायिहरुले मंगलबार देखि नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ–दिपावलीको अवसरमा अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन ।

विभिन्न ठाँउबाट कामको शिलशिलामा विभिन्न जिल्ला पुगेकाहरु आफ्नो घर फर्किने दिन नजिकीदै जादा यातयात व्यवसायिहरुले सुविधा दिने उद्धेश्यले अग्रिम टिकट बुकिङ खुल्ला गरेका हुन।

मंगलबार विहान देखि देशका धेरै ठाँउमा अग्रिम टिकट बुकिङ खुल्ला गरिएसंगै टिकट लिनेहरुको विहानै देखि भिडभाड भएको थियो । यसै बिच पृथ्बीराजमार्ग बस संचालक समिति, पोखराले पनि देशका धेरै ठाँउको लागि मंगलबार देखि नै अग्रिम टिकट बुकिङ खुल्ला गरेको समितिका अध्यक्ष ऐन कुमार साईले बताए । उनले भने “ यात्रुहरुलाई सेवा दिने उद्धेश्यले हामीले दशैं पर्वलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुल्ला गरेका छौं, यदी यात्रुको माग धेरै भएमा हामीले सोहि अनुसार बस सेवाको व्याबस्था मलिाउने छौं । ”

हुम्ला र जुम्ला बाहेक अधिकाशं जिल्लामा समितिद्धारा संचालित एक हजार ३ सय ५५ वटा बसहरु आफुहरुसंग भएकोले यात्रुको चाप अनुसार समितिे सेवा दिन तयार रहेको उनले जनाए । उनले पोखरा न्युज संग भने “ यात्रु महानुभावहरुलाई अग्रिम टिकट लिएर आफ्नो माल सामानको आफै सुरक्षा गरि सरकारले तोकेको भाडा मात्र दिन र व्यवसायिहरुले लिन आग्रह गर्दछौं ।”

समितिको प्रधान कार्यालय पोखराबाट देशका अधिकाशं जिल्लामा जानको लागि मंगलबार देखि अग्रिम टिकट बुकिङ खुल्ला भएको समितिका महासचिव योगेन्द्र केसीले पोखरा न्युज लाई जनाए । पहिलो दिनमा करिब ७ सय जनाले अग्रिम टिकट बुकिङ गरेको केसीले जनाए । त्यसै गरी दमौली, डुम्रे, लमजुङ, स्याङजा, बागलुङ लगायतका समितिको काउन्टरबाट समेत देशका विभिन्न ठाँउको लागि अग्रिम टिकट बुकिङ गर्न सकिने भएको महासचिव केसीले जनाए ।

बिद्यार्थीहरुको छुटको बिषयमा भने समितिले सवै बिद्यार्थीहरुलाई छुट दिन नसक्ने जनाएको छ । एउटा बसमा २÷३ जना सम्म बिद्यार्थीहरुको अबस्था हेरीकन छुट दिने तर बिद्यार्थी भएकै आधारमा अन्य प्रयोजनको लागि बिद्यार्थी काड भए पनि त्यसको आधारमा आफुहरुे छुट दिन नसक्ने महासचिव केसीले जानकारी महासचिव केसीले दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button