कास्कीका छिमेकी जिल्लाबाट मादल किन्न पोखरामा

पोखरा –

मादल व्यवसायीसंगै मादल लोप हुने अबस्थामा पुगेको व्यवसायीको भनाई

नेपाली परम्परागत बाजागाँँजाको रुपमा प्रयोग हुदै आएको मादल पछिल्लो क्रममा लोप हुने अबस्थामा पुगेको व्यवसायीहरुले गुनासो गरेका छन । मादल बनाउन आवश्यक पर्ने कच्चा पदार्थ छाला सहज ढंगले आफुहरुले नपाएको हुनाले यो पेशासंगै मादल लोप हुने अबस्थामा पुगेको व्यवसायीहरुको भनाईछ ।

पोखराका सवै भन्दा पुराना मादल व्यवसाय अनुमादल स्टोर्सका संचालक विष्णुराम राजपालले हाल आफुहरुलाई आवश्यक पर्ने कच्चा पदार्थ सहज ढंगले नपाएकोले गर्दा आफुहरुको पेशासंगै मादल बजारमा लोप हुने अबस्थामा पुग्न थालेको बताए । एक बर्षमा मुस्कीलले एक सय वटा मादल वनाउने गरेको बताएका उनले मादलमा प्रयोग हुने गोरु, गाईको छाला आफुहरुले सहज ढंगले प्रयोग गर्न नपाएकोले मादल बनाउन निकै कठिन भएको जनाए । राजपालले मादल सहित डम्मरु, खैजरी लगायतका बाजा गाँजा बनाउदै आएका छन भने साथै भारतबाट आयात गरीएको झ्याली खजरी समेत विक्रि गर्दै छन । यही अबस्था भयो भने आगामी २÷३ बर्षमा आफुहरुको मादल पेशा मात्र संकटनमा नपरी मादल नै लोप हुने अबस्थामा पुग्ने उनले दाबी गरे । पर्वतका सुर्य प्रसाद शर्मा भने देउसी भैलो कार्यक्रमकै लागि भनेर पोखरामा मादल किन्न आएको बताए । उनले भने “मादलको धुनमा गित गाउदा र बजायर नाच्दाको मज्जा छुट्टै हुने गर्दछ, त्यही भयर हामीले त तिहारमा मादल मात्र होईन, मुरली, वाँसुरी, मुजुरा लगायतका बाजागाँजा प्रयोग गर्ने गरेका छौं ।”

madal-2

पोखरा तेर्सापट्टी क्षेत्रमा मादल व्यावसायीहरुले विभिन्न मुल्यका साना ठुला गरी मादल विक्रिका लागि राखेका छन भने पुराना मादल मर्मत गर्न लागेका छन । पोखरा क्षेत्रमा आधा दर्जन जसो मादल व्यवसायी मात्र रहेको एक मादल व्यवसायी यमजी राजपालले बताए । १४ बर्ष देखि मादव व्यवसायीमा लागेका उनीयस पेशाबाट खासै सन्तुष्टी छैनन । उनले भने “ हाम्रो पेशा संकटमा पर्दै छ, खै कसले यसको बारेमा सोचेको छ, सरकारले कर मात्र उठाउन जानेको छ, हाम्रो नेपाली संस्कृति मादलको दिगो रुपमा संरक्षणको लागि केहि अभियान हुनुपर्दछ । ” तिहार पर्वको अवसर देखि हिउदको करीब ३ महिना मात्र मादलको सिजन भएकोले यस सिजनमा भएको कारोवारले बर्ष दिनलाई धान्न आफुहरुलाई निकै कठिन हुने गरेको उनले गुनासो गरे । व्यावसायिक रुपमा मादल बनाउने पेसामा थोरै जना लागेका बेला रोजी रोटीको लागि मात्र नभएर मादल जोगाउने उद्धेश्यले पनि आफूले यो पेसालाई निरन्तरता दिएको उनले जनाए ।

madal

पोखरा तेर्सापट्टि क्षेत्रका अर्का एक मादल व्यवसायी दिपक कुलुले एक बर्ष देखि धादिङमा मादल सहितका बाजागाँजा निमार्ण गरी पोखराबाट विक्रि गर्दै आएका छन । धादिङमा बाबु बाबुलालले वनाएका मादलहरु पोखरामा लोक बाजा सप्लायर्स पसलबाट विक्रि गरेको कुलुले जनाए । उनले भने “मादल व्यवसाय राम्रो होला भनेर हात हालियो एक बर्ष भयो खासै व्यापार छैन, यही अबस्था हो भने पेशा परिर्वतन गर्नु पर्ला जस्तो छ । ” तिहार पर्वलाई लक्षित गरी मादल किन्न भनि कास्कीका गाँउ गाँउ सहित छिमेकी जिल्ला पर्वत, स्याङजा, बागलुङ, तनहँु लगायतका स्थानबाट पोखरा आएका छन ।

पर्वतको कुस्माबाट तिहारपर्वलाई लक्षित गरी बाग्लुङ मादल पसलका संचालक अमृत बोहराले पोखराबाट २० वटा मादल खरिद गरेका छन । पश्चिमी संस्कृतिले गर्दा नेपाली बाजागाँजाको संस्कृति लोप हुदै गएको उनले चिन्क्ता व्यक्त गरे। स्याङजा वालिङबाट पोखरामा मादल किन्न आएका खेम बहादुर रानाले आमा समुह र कुनै समाजहरुको लागि प्रायःमादल प्रयाग हुने गरेको बताए। परम्परागत रुपमा देउसी भैलो कार्यक्रमको लागि भनेर प्राय न्युन सङख्यामा मात्र मादल प्रयोग हुने गरेको बताउदै आफुहरुले पनि समाजको लागि मादल किन्न आएको बताए। मादलको मूल्य एक हजार ५ सय देखि पाँच हजारसम्म पर्छ । मर्मत गर्दा खरी हालेको ५ सय देखि अन्य मर्मत गरेको एक हजारसम्म लिने गर्नछन । पोखरामा सामान्यतया आधा दर्जन मादल पसलहरुबाट करीब ६ हजार मादल उत्पादन हुने गर्दछ ।
पोखराका मादल व्यवसायीहरुलाई यति वेला मादल बनाउन र मादल मर्मत गर्न भ्याई नभ्याई छ । तिहार पर्वको अवसरमा देउसी भैलो सहित नाच्न गाँउन प्रयोग हुने मादलको माग बढेसंगै पोखराका मादल व्यवसायीहरुलाई यति वेला मादल वनाउन र मर्मत गर्न भ्याई नभ्याई भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button