पोखराको औद्योगिक ब्यापार मेलामा पर्यटकवाटै अबैध कारोवार

पोखरा न्यूज । पोखरामा जारी राष्ट्रिय औधोगिक ब्यापार मेलामा  बिदेशी पर्यटकले अबैध कारोवार गरेका छन् । बिदेशी पर्यटकले मेलामा स्थानीय प्रशासनवाट रोक लगाएको  चिठ्ठा टिकट बिक्रि गर्दै अबैध कारोबार गरेका हुन्।

आइतवार महोत्सबको आयोजक पोखरा उद्योग वार्णिज्य संघले पर्यटन प्रवर्द्धन गर्ने भन्दै मेलामा बिदेशी पर्यटकहरुलाइ निम्त्याएको थियो । तर मेलामा उपस्थित बिदेशी पर्यटक मेलामा रमाउने भन्दा पनि चिठ्ठा बेच्नमा बेस्त थिए । महोत्सब स्थल भित्रको चौरमा डेस्क स्थापना गरी उनीहरुले फन्डरेजिंग इभेन्टको नाममा प्याराग्लाइडिङ, जिप फ्लाएर, होटल आवास, रेष्टुरेन्ट गिफ्ट लगायतका उपहारहरु प्रदान गरिने भन्दै चिठ्ठा विक्री गरेका हुन्  । पिस क्रप नेपाल भोलुन्टियर नामवाट  पर्यटकले मेला स्थलमा  रु २०० र ४०० दरको टिकट चिठ्ठा बेचेका थिए ।

आइतवार दिउसो महोत्सब स्थलमा दर्शक अनि खुलेको हिमाल

औद्योगिक ब्यापार मेला स्थल भित्र बिदेशी पर्यटकले अबैध रुपमा चिठ्ठा किन बेचे भन्ने  बिषयमा आयोजक सस्थाका अध्यक्ष बिश्वशंकर पालिखेलाइ पोखरान्युज डटकमले सोध्दा आफूलाई त्यस विषयमा जानकारी नभएको बताए । आयोजकनै  बेखबर छ भने उनीहरुलाई महोत्सब स्थलमा डेस्क राख्ने अनुमति  कसले दियो ? यदि आयोजकले नै दिएको हो भने उनीहरुवाट कति शुल्क लिईएको हो प्रस्ट पार्न जरुरी छ ।

मेलास्थलमा आइतवार १५० भन्दा बढी बिदेशी पर्यटक भित्र्याएको  दाबी आयोजकले गरेको भएतापनि पर्यटकको उपस्थिति भने न्यून रहेको  थियो । अघिल्लो दिन  भिडभाड भएको महोत्सबस्थलमा   सनिवारखासै चहलपहल थिएन। मंसिर २३ गतेवाट सुरु भएको महोत्सब पुष ४ गते सम्म चल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button