तीन उपप्रधानसहित सात सदस्यीय मन्त्रिपरिषद् गठन

पोखरा न्युज –

प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

नवगठित मन्त्रिपरिषद्मा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित क्रमशः सङ्घीय मामिला तथा स्थानीय विकास, परराष्ट्र र शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, प्रधानमन्त्रीले अर्थमन्त्रालयको कार्यभार ज्ञानेन्द्रबहादुर कार्कीलाई, श्रमको जिम्मेवारी फरमुल्हा मन्सुरलाई, गृहको जनार्दन शर्मालाई र प्रभु साहलाई बिनाविभागीय मन्त्री तोक्नुभएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button