पोखरामा धमाधम जुवाडे पक्राउगर्दै प्रहरी, ६४ पक्राउ – १५ लाख बढी नगद बरामद

गणेश बराल, पोखरा न्युज ।

कास्की प्रहरीले पोखरा लेखनाथ महानगरका बिभिन्न ९  स्थानमा छापामारि जुवा तास खेलिरहेका ६४ जनालाई पक्राउ गरेको  छ । पछिल्लो ६ दिन अर्थात एक साता भित्र नगर क्षेत्रमा  ६४ जना व्यक्ति रङ्गेहात पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुको साथबाट १५  लाख ३७  हजार १  सय रुपैयाँ  बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेकाहरुलाई जुवा मुद्दामा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

चाडबाड नजिकिदै गरेको अवस्थामा जुवा तास खेल्नेहरुको संख्यामा बृद्धि भएको तथ्य फेलापारेपछि कास्की प्रहरीले जुवाडे बिरुद्धको अभियानलाई तिब्र पारेको बताएको छ  । अभियानसंगै दिनहुजसो पोखरा नगरक्षेत्रका विभिन्न स्थानवाट जुवा तास खेल्दै गरेको अबस्थामा जुवाडेहरु पक्राउ पर्न थालेका छन् । सोमवार देखि बिहिबारसम्म लगातार  चार  दिनमा ४६ जना जुवाडेलाई पक्राउ गरेको कास्की प्रहरीले शनिबार ८  जना जुवाडेलाई पक्राउ गरेको छ । यसैगरी आइतबार  ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीद्वारा पोखरा लेखनाथ महानगरपालिका २७  कालिगण्डकी चोक स्थित मिना कुमारी पुनको घरमा तास खेल्दै गरेका १०  जना पक्राउ गरेको प्रहरीले जनाएको छ । अनुसन्धान तथा गोप्य सुचनाको आधारमा पोखराका बिभिन्न क्षेत्रमा छापा मार्ने कार्यलाई तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक खडग बहादुर खत्रीले पोखरा न्युज लाई बताए । ‘चाडबाड नजिकिदै छन, यस्तो अवस्थामा जुवातास खेल्नेहरु बढी सक्रिय हुन्छन, हामीले छापामार्ने कार्य संगसंगै अनुसन्धानन अगाडि बढाएका छौ’ , खत्रीले भने ।

साता भित्र को को कहाँबाट के कति रकमका साथ् पक्राउ परे त् ? घटना विवरण यस्ता छन् –

घटना विवरण : १

मिति २०७४।०४।३० गते

पोखरा लेखनाथ महानगरपालिका बडा नं ७ रत्नचोक स्थित भुपु APF खाजा घरमा १० जना । बडा प्रहरी कार्यालय बैदाम कास्की द्वारा , ६ बुक तास र नगद रु ५७,६१० बरामद ।

पक्राउ  पर्ने हरु

१ म्याग्दी धवलागिरी गाउपालीका ४ घर भई हाल पोखरा ७ रत्नचोक बस्ने बर्ष ३८ को अर्जुन घर्ती ।

२ गुल्मी पिपलधारा ९ घर भई हाल पोखरा ७ रत्नचोक बस्ने बर्ष ३६ को विनोद थापा ।

३ गुल्मी मालिका ७ घर भई  हाल पोखरा ७ रत्नचोक बस्ने बर्ष ३८ को होत बहादुर खत्री ।

४ कास्की पोलेमनपा ८ सृजनाचोक बस्ने बर्ष २८ को दिनेश कार्की ।

५ कास्की पोलेमनपा ४ गैह्रपाटन बस्ने बर्ष २५ को चन्द्र नेपाली ।

६ स्याङजा विरुवा ४ घर भई हाल पोलेमनपा ४ बस्ने बर्ष ५२ को नारायण पोख्रेल ।

७ स्याङजा विरुवा ४ घर भई हाल पोलेमनपा ४ बस्ने बर्ष  ५२ को ईश्वर थापा ।

८ स्याङजा विरुवा ४ घर भई हाल पोखरा ७ रत्नचोक बस्ने बर्ष ४० को खुम गुरुङ ।

९ गोरखा सिरानचोक गाउपालिका ६ घर भई हाल ऐ।ऐ। बस्ने बर्ष ४९ को गगन बस्नेत

१० भारत मोतीहारी घर भई हाल ऐ।ऐ।बस्ने बर्ष ४२ को ललन गुप्ता

 

घटना विवरण : २

मिति २०७४।०४।३० गतेनै

पोखरा लेखनाथ महानगरपालिका बडा नं १० महेन्द्रपुल स्थित  भुपेन्द्र हिराचनको  घरको पाचौं तलामा ८ जना । जिल्ला प्रहरी कार्यालय कास्की द्वारा  ८ बुक तास  र नगद रु १०,६५,६५० बरामद ।

पक्राउपर्ने हरु

१ तनहू शुक्लागण्डकी ५ खैरेनिटार बस्ने बर्ष ७६ को ज्वाहारचन ।

२ कास्की पोखरा लेखनाथ मनपा। १० बस्ने बर्ष ५१ को भुपेन्द्र हिराचन ।

३ कास्की पोखरा लेखनाथ मनपा ११ बस्ने बर्ष ४९ का भिम बहादुर तिमिल्सेना  ।

४ कास्की पोखरा लेखनाथ मनपा ९ नागढुगा बस्ने बर्ष ४८का यज्ञ कुमार गौचन ।

५ कास्की पोखरा लेखनाथ मनपा १० रामबजार बस्ने बर्ष २८ का नविन गौचन ।

६ कास्की पोखरा लेखनाथ मनपा ५ मालेपाटन बर्ने बर्ष ३८ का ठाकुर प्रसाद गुरुङ ।

७ कास्की पोखरा लेखनाथ मनपा ८ बस्ने बर्ष ३५ कि संगिता गुरुङ ।

८ कास्की पोखरा लेखनाथ मनपा १८ बस्ने बर्ष ३५ कि कृष्ण कुमारी गुरुङ  ।

घटना विवरण : ३

मिति २०७४।०४।३१ गते

पोखरा लेखनाथ महानगरपालिका बडा नं ११ फुलबारी स्थित दुर्गा बहादुर पुनको १ तले घरमा, ७ जना । बडा प्रहरी कार्यालय बगर कास्कीद्वारा ४ बुक तास सहित नगद रु १,६८,७३५ बरामद ।

पक्राउपर्ने हरु

१ कास्की पोखरा लेखनाथ मनपा ११ बस्ने बर्ष ५८ को दुर्गा बहादुर पुन,घरधनि ।

२ कास्की पोखरा लेखनाथ मनपा(३३ बस्ने बर्ष ३३ को चन्द्र बहादुर थापा ।

३ म्याग्दी खिबाङ घर भई हाल पोखरा लेखनाथ ११ बस्ने बर्ष ३२ कि भविषा पुन ।

४ म्याग्दी शिख घर भई हाल पोखरा लेखनाथ ११ बस्ने वर्ष ३५ को कृष्ण पुन ।

५ म्याग्दी शिख घर भई हाल पोखरालेखनाथ ११ बस्ने बर्ष ३२ को रामचन्द्र पुन ।

६ म्याग्दी खिबाङ घर भफ हाल पोखरा लेखनाथ ११ बस्ने बर्ष ३४ को कमल पुन ।

७ म्याग्दी बरङजा घर भई हाल पोखरा लेखनाथ ११ बस्ने बर्ष ५२ कि सिसामति घर्ती ।

घटना विवरण : ४

मिति २०७४।०४।३२ गते

पोखरा लेखनाथ मनपा १० शिबचोकमा सुजन कार्की को घरमा, ४ जना । बडा प्रहरी कार्यालय रामबजार कास्कीद्वारा रु २७,९७० बरामद ।

पक्राउपर्ने हरु

१ पोखरा लेखनाथ महानगरपालिका १ शिबचोक बस्ने बर्ष ५८ को सुजन कार्की ।

२ पोखरा लेखनाथ महानगरपालिका १ शिबचोक बस्ने बर्ष ४७ को  बिरेन थापा ।

३ पोखरा लेखनाथ महानगरपालिका १ शिबचोक बस्ने  बर्ष ७२ को सुर्य बहादुर लामा ।

४ पोखरा लेखनाथ महानगरपालिका १२ कुडहरचोक बस्ने बर्ष ४७ को ईश्वर कार्की ।

घटना विवरण : ५

मिति २०७४।०५।०१ गते

पोखरा लेखनाथ १४ चाउथे स्थित तनहूँ थानीभाई होटल भित्र रहेको कोठामा, ५ जना । बडा प्रहरी कार्यालय रामबजार कास्कीद्वारा २३,७६० बरामद ।

पक्राउपर्ने हरु

१ तनहुँ भानु नपा ४ घर भई हाल पोखरा लेखनाथ १४ बस्ने बर्ष ४५ को राम कृष्ण जोशी ।

२ पोखरा लेखनाथ २५ बिजयपुर बस्ने बर्ष ३० को प्रेम गुरुङ ।

३ पोखरा लेखनाथ १४ चाउथे बस्ने बर्ष ४५ को अमृत बहादुर कार्की ।

४ पोखरा लेखनाथ १४ चाउथे बस्ने बर्ष ३० को मनोज लामा ।

५ पोखरा लेखनाथ १४ चाउथे बस्ने बर्ष ३० को बिनोद सेदाई ।

घटना विवरण : ६

मिति २०७४।०५।०१ गतेनै

पोखरा लेखनाथ १७ स्थित बिरौटा स्थित गोपि श्रेष्ठको ३ तले घरको कोठाभित्र, ५ जना । जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा रु ६२,७२५ बरामद ।

पक्राउपर्ने हरु –

१ पोखरा लेखनाथ महानगरपालिका १७ बस्ने बर्ष ४८ कि गोपि श्रेष्ठ ,घरधनि ।

२ दोलखा भिमेश्वर न।पा।९ घर भई हाल पोखरालेखनाथ ९ बस्ने बर्ष ३४ को राजेन्द्र श्रेष्ठ ।

३ कास्की पोखरा लेखनाथ महानगरपालिका बडा नं ९ बस्ने बर्ष ४९ को किसोर शर्मा ।

४ मुस्ताङ तुकुचे ६ घर भई हाल पोखरालेखनाथ(८ नागढुगा बस्ने बर्ष ४४ को प्रेम बुढाथोकी ।

५ स्याङजा बानेथोक देउराली घर भई हाल पोखरालेखनाथ (८ बस्ने बर्ष ५७ को डोल बहादुर थापा ।

 

घटना विवरण : ७

मिति २०७४।०५।०१ गतेनै

पोखरा लेखनाथ महानगरपालिका बडा नं १२ शितलादेबी स्थित खेम बहादुर गुरुङको घरमा, ७ जना । बडा प्रहरी रामबजार कास्कीद्वारा रु १३,९५५ बरामद ।

पक्राउपर्ने हरु  –

१ पोखरा लेखनाथ महानगरपालिका बडा नं १३ मियापाटन बस्ने बर्ष ५० को प्रेम लामा ।

२ पोखरा लेखनाथ महानगरपालिका बडा नं १३ मियापाटन बस्ने बर्ष ३६ को निर्मल गुरुङ ।

३ पोखरा लेखनाथ महानगरपालिका बडा नं १३ मियापाटन बस्ने बर्ष ३१ को हितमान गरुङ ।

४ पोखरा लेखनाथ महानगरपालिका बडा नं १२ शितलादेबी बस्ने बर्ष ६० को खेम गुरुङ,घरधनि ।

५ पोखरा लेखनाथ महानगरपालिका बडा नं १२ शितलादेबी बस्ने बर्ष ७७ को बिर्ख बहादुर गुरुङ ।

६ पोखरा लेखनाथ महानगरपालिका बडा नं १२ शितलादेबी बस्ने बर्ष ३१ को अनु गरुङ ।

७ पोखरा लेखनाथ महानगरपालिका बडा नं १० अंमरसिह बस्ने बर्ष ५३ को बिष्णु पोखरेल ।

घटना विवरण : ८

मिति २०७४।०५।०३ गते ।

पोखरा लेखनाथमनपा बडा नं १० घलेचोक स्थित रन्जु श्रेष्ठ घरमा डेरा गरी बस्ने मिन बहादुर थापाको कोठामा, ८ जना । बडा प्रहरी कार्यालय रामबजार कास्कीद्वारा रु २९,९४५ बरामद ।

पक्राउपर्ने हरु –

१ पोखरा लेखनाथ मनपा ११ रानिपौबा बस्ने बर्ष ४३ को राम बहादुर थापा ।

२ पोखरा लेखनाथ मनपा बडा नं १० बस्ने बर्ष ६३ को धन प्रसाद पुन ।

३ पोखरा लेखनाथ मनपा बर्ष ५८ को मिन बहादुर थापा ।

४ पोखरा लेखनाथ मनपा बस्ने बर्ष ६३ को भिम बहादुर गुरुङ ।

५ पोखरा लेखनाथ मनपा बस्ने बर्ष ३५ की बिमला पुन ।

६ पोखरा लेखनाथ मनपा बस्ने बर्ष ५२ की कल्पना मिदुन ।

७ पोखरा लेखनाथ मनपा बस्ने बर्ष ३६ कि कृष्ण ठाडा मगर ।

८ पोखरा लेखनाथ मनपा बस्ने बर्ष ३५ का प्रकाश गुरुङ ।

घटना विवरण : ९

मिति २०७४।०५।०४ गते ।

पोखरा लेखनाथ महानगरपालिका २७  कालिगण्डकी चोक स्थित मिना कुमारी पुनको घरमा,  १० जना । ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीद्वारा   ४ बुक तास र  नगद रु ८६,७५० बरामद ।

पक्राउपर्ने हरु –

१ कास्की अन्नपुर्ण गाउँपालिका वडा नं.८ म्यादे बस्ने बर्ष ४१ को केशर पुन ।
२ कास्की मादी गाउँपालिका वडा नं.-३ बस्ने बर्ष ३२ को गिमान पुन ।
३ कास्की अन्नपुर्ण गाउँपालिका वडा नं.-७ बस्ने बर्ष ४४ को रेम बहादुर पुन ।
४ कास्की अन्नपुर्ण गाउँपालिका वडा नं.-७ बस्ने बर्ष ४४ को हिमाल पुन ।
५ म्याग्दी रथु गाउँपालिका वडा नं.-६ बस्ने बर्ष ३६ को कुमार पुन ।
६ पोखरा लेखनाथ महानगरपालिका वडा नं.-२७ बस्ने बर्ष ३४ को करुणा थापा ।
७ पोखरा लेखनाथ महानगरपालिका वडा नं.-२७ बस्ने बर्ष ३० की निरा पुन ।
८ पोखरा लेखनाथ महानगरपालिका वडा नं.-२७ बस्ने बर्ष २७ की बिष्णु पाईजा पुन ।
९ पोखरा लेखनाथ महानगरपालिका वडा नं.-२७ बस्ने बर्ष ३९ की कुमारी पुन ।
१० पोखरा लेखनाथ महानगरपालिका- २७ स्थित कालिगण्डकी चोक बस्ने बर्ष ३० की मिना कुमारी पुन,घरधनि ।

यसरी पछिल्लो ६ दिनमा कास्की प्रहरीले ६४ जना पक्राउ गर्दै  १५  लाख ३७  हजार १  सय  रुपैयाँ  बरामद गरेको जनाएको छ ।

 

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button