पोखरा ल्याउँदा समेत मूल्य नपाएपछि उत्पादित अलैँची घरमै थन्क्याउन बाध्य

पोखरा न्युज –

अघिल्लो वर्षको तुलनामा यो वर्ष अलैँचीको मूल्य करिब आधाले घटेपछि पर्वत जिल्लाको भोक्सिङका किसानले उत्पादन गरेको अलैँची बिक्री गर्न सकेका छैनन् ।

गतवर्ष प्रतिकिलो रु दुई हजार ८०० मा बिक्री भएको अलैँची यो वर्ष एक हजार ४०० मा पनि बिक्री नभएपछि २५ जना पूर्व लाहुरेले सहकारीमार्फत उत्पादन गरेको अलैँची बिक्री नभएर थन्किएको छ ।

पोखराका व्यापारीले अलैँची ल्याइदिन आग्रह गरेपनि पोखरा पु¥याउँदा मूल्य नै घटेको सहकारी संस्थाका सदस्य नारायण गुरुङले बताउनुभयो । अघिल्लो वर्ष व्यापारीले फोनमार्फत सम्पर्क गरेर गाउ“मै आउने बताए पनि यसवर्ष पोखरा पु¥याउँदा समेत बजार नपाएको उहाँको गुनासो थियो ।

सम्पर्कमा आएका व्यापारीले प्रतिकिलो बढीमा एक हजार ४०० भन्दा बढी दिन नमानेपछि किसानले बिक्री नगर्ने सोच बनाएका छन् । पा“चसय रोपनीमा रोपेको अलैँचीले आगामी वर्ष १५ टनसम्म उत्पादन दिने आशा राखिएको छ । यो वर्षको उत्पादन बिक्री गर्न नपाउ“दा कर्मचारीलाई पारिश्रमिक दिन समस्या भएको किसानले बताएका छन् ।

सहकारीमार्फत सञ्चालित अलैँची फार्ममा १० जना कार्यरत छन् । कात्तिक÷मङ्सिरमा बिक्री हुनुपर्ने अलैँची वैशाखसम्म पनि बिक्री नभएपछि अब आउँदो याममै बिक्री गर्ने मनस्थिति बनाएको सहकारीका सचिव वीरजङ्ग गुरुङले बताउनुभयो । अर्को वर्ष उत्पादन पनि बढ्ने भएकाले अब एकैपटक बिक्री गर्ने योजना किसानले बनाएका छन् ।

पाचसय रोपनीमा अलैँची रोपेको सहकारीले यो वर्ष एक लाख बिरुवा थप्ने तयारी गरिरहेको छ । भोक्सिङका पूर्व लाहुरेले दुई करोडको लगानीमा स्थानीय लोसेपाखामा अलैँचीको व्यावसायिक खेती गरेका छन् । रामशाही र गोलशाही जातको अलैँंचीबाट राम्रो आम्दानी लिन सकिने भएपछि उनीहरुले आगामी वर्ष दुई हजार रोपनी पु¥याउने लक्ष्य राखेका छन् ।

यो वर्ष एक लाख बिरुवा रोप्न तयार रहेको भन्दै उहाँले थप बढाएर रोप्ने योजना रहेको बताउनुभयो । जिल्ला कृषि विकास कार्यालय पर्वतले भोक्सिङलाई अलैंँचीको ब्लकका रुपमा विकास गर्ने तयारी गरेकाले आगामी वर्षसम्म एकसय हेक्टरमा विस्तार गर्ने गरी सघाउने वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो । प्रधानमन्त्री आधुनिकीकरण परियोजनामा आगामी वर्ष अलैँचीलाई समेट्ने तयारी रहेको रेग्मीको भनाइ छ ।

त्यसका लागि दुई हजार रोपनीसम्म विस्तार गर्नुपर्ने हुन्छ । बिरुवा आवश्यक परे कृषि कार्यालयले अन्य जिल्लाबाट ल्याउने तयारी गरेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button