एकाअर्कालाई व्यंग्य गर्दै मन्चमै दीपाश्री र माग्नेबुढाको झगडा (हेर्नुहोस् भिडियो)

[mom_video type=”youtube” id=”RNc7-8MyHlQ”]

पोखरा न्युज ।

जम्बो टोलि सहित प्रचारको सिलसिलामा देश यात्रामा निस्किएको छक्का पन्जा २ टोलिले पुर्वको मुटु ईटहरिमा पनि निकै राम्रो साथ पाएको छ । विभिन्न प्रस्तुती सहित ईटहरी आईपुगेको टीमले गर्मी र घामको प्रवाह नगरी दर्शक झुमाएका थिए । फिल्मका कलाकारहरुले छक्का पन्जा २ कै गीतमा नाचेका थिए भने निर्देशक दीपाश्री निरौला र केदार घिमिरे माग्ने बुढाले भने कमेडी प्रस्तुत गरेर दर्शक हसाएका थिए । नेपाल आईडललाई व्यंग्य गर्दै नेपाल खाईडल नामले दीपा जर्ज र केदार गायक भैइ कमेडी प्रस्तुत गरेका थिए ।

फिल्म यहि असोज ११ गते देशभर एकसाथ प्रदर्शनमा आउदैछ । दीपा श्री निर्देशित फिल्म छक्का पन्जा २ को प्रचार प्रसारमा पुरै टीम एकजुट भएर लागेका छन । दीपकराज गिरि, दीपाश्री निरौला, प्रीयन्का कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, डेब्यु नायक स्वरुप पुरुष ढकाल लगायतका कलाकार यतिखेर देश दौडाहामा छ । छक्का पन्जाले नेपाली सिने नगरिमा दर्जनौ रेकर्डहरु कायम गरेको थियो भने छक्का पन्जा २ ले पनि प्रदर्शन अगाबै पाईरेशिमा रेकर्ड राखिसक्यो भन्दा फरक नपर्ला । अब अरु के के मा रेकर्ड राख्छ रु त्यो भने असोज ११ पर्खिनै पर्ने हुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button