घर अगाडी हिडेकै निहूँमा पोखरा बिरौटाका एक बालक निर्घात कुटिए

पोखरा न्यूज । पोखरा १७ बिरौटाका एक बालक निर्घात कुटिएका छन् । पार्दी स्कुलमा कक्षा ५ मा अध्यनरत बिरौटा निवासी १५ बर्षीय बालक दिपेन्द्र बिक स्थानीय दुर्गा प्रसाद पौडेलको कुटाइबाट गम्भीर घाइते भएका हुन् ।

कुटपिटबाट विकको ढाडमा गम्भीर चोट लागेको छ । घाइते बिकलाई उपचारको लागी बिरौटाको नमस्ते हस्पिटल लगिएको छ भने पौडेललाई सिआरभी प्रहरी बिरौटाले नियन्त्रणमा लिई बडा प्रहरी कार्यालय बैदाम पठाएको छ । अस्पतालका अनुसार बिकको ढाडको हड्डी चर्किएको पाइएको छ । पौडेलको प्रहारवाट बिकको ढाडमा दाउराको सुम्लोनै बसेको छ ।

आफ्नो घर अगाडी हिडडुल गरेको निहूँमा पौडेलले सुकुम्वासी, दलित मेरो घर अगाडी नहिड भन्दै  बिकलाई कुटपिट गरेका हुन् । पौडेलले भने आफू पत्रिका पढिरहेको बेला आएर जिस्क्याएकोले कुटेको वताएका छन् । पौडेलको घर बिरौटा चोक नजिकै राजमार्ग छेउमै पर्दछ । घर अगाडी फुट ट्रयाक संगैको मापदण्ड छाडेको भागमा हिडिरहेका बिकलाई पौडेलले अनायसै कुटेको प्रतक्ष्यदर्शी स्थानीयले बताउछन । “दुइ तिन जना बच्चाहरु अगाडी हिडिरहेका थिए त्यतिकैमा उहाँले एकजना बच्चालाई हिर्काउनु भयो । ” प्रतक्ष्यदर्शी राम बानियाले भने ।

प्रतक्ष्यदर्शी सोमनाथ गौतम तथा सरस्वती गौतमले पनि पौडेलले बिनाकारण बच्चालाई कुटेको बताए । पौडेलले यसअघि पनि घरअघि हिड्नेलाई तथा मोटरसाइकल रोक्नेलाई तथानाम गालीगलौज गर्ने गरेको स्थनीयको आरोप छ । आफ्नै घरपरिवार वाट अलगिएर बसेका पौडेलले घरभाडामा बस्नेलाई तथा स्थानीयलाई समेत बेलाबेलामा  दुख दिने गरेको बताइएको छ ।

दिपेन्द्रकी आमा लक्ष्मी बिकले आफ्नो छोरालाई बिनाकारण बाटो हिडिरहेको अवस्थामा कुटेको भन्दै छोराको उपचारको साथमा पौडेललाई कारबाही हुनुपर्ने बताइन । आफु काममा गएकोले घटना घटेको समयमा आफु त्यहाँ नरहेको र पछी स्थानीयले खबर गरेपछिमात्र आफुले थाहा पाएको बताइन । घर बनाउने ठाउमा लेबर काम गर्ने लक्ष्मीले आफ्ना श्रीमानले अर्को बिहे गरेर हिडेपछि ५ बर्षदेखि आफ्ना ४ जना सन्तानलाई लेबर काम गरेरै  लालनपालन गर्दै आएकी छन् ।

वडा प्रहरी कार्यालय बैदामले पौडेलले आफुले गल्ति गरेको स्वीकारेको बताएको छ । पौडेलले आफुले पत्रिका पढिरहेको समयमा जिस्काएकोले कुटेको स्वीकारेको प्रहरी हवल्दार राजेन्द्र चौधरीले पोखरान्युज डटकमलाइ बताए । चौधरीले पिडित संगको छलफलपछी पौडेललाई के गर्ने भन्ने बारेमा अगाडि बढ्ने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button