आमा बन्दै ११ वर्षीया बालिका

एेजेन्सी-
बेलायतकी एक ११ वर्षकी बालिका आमा बन्ने तयारीमा छिन् । उनी बेलायतमै सबैभन्दा कम उमेरमा आमा बन्ने पहिलो बालिका हुनेछिन् । पहिचान गोप्य राखिएकी ती बालिकाले छिट्टै बच्चा जन्माउन लागेको बेलायतको डेलीमेलले जनाएको छ । प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ ।

कानुनी जटिलताका कारण गर्भधारणको पूरा विवरण सार्वजनिक गरिएको छैन । बालिकाबाट जन्मिने बच्चाका हुनेवाला बाबु पनि बालक नै रहेका छन् । यसअघि सन् २०१४ मा बेलायतमा १२ वर्षकी बालिका आमा बनेकी थिइन् । वेस्ट लोथियानकी ट्रेसा मिडेल्टनले १० वर्षअघि छोरी जन्माएकी थिइन् । आफूभन्दा एक वर्ष जेठा दाजुले बलात्कार गरेपछि उनी गर्भवती बनेकी थिइन् । पुनः दोस्रो सन्तानको आमा बन्न लागेको भनी उनले गत साता सार्वजनिक गरेकी थिइन् । दुई वर्षपछि मात्र उनको शिशुको बाबुको पहिचान खुलासा भएको थियो । सरकारी तथ्यांकअनुसार पछिल्लो समयमा ‘बालिका आमा’को संख्या भने घट्दो छ । किशोर–किशोरीमा परिवार नियोजनसम्बन्धी साधनको सर्वसुलभता, चेतना र यौन शिक्षाका कारण गर्भवती हुने बालिकाको संख्यामा गिरावट आएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत वर्ष इंग्ल्यान्ड र वेल्सका १९ वर्षमुनिका २५ हजार ९ सय ७७ महिला गर्भवती बनेका थिए । सन् १९४६ मा पनि सोही उमेर समूहका करिब २५ हजार महिला आमा बनेका थिए । कार्यालयका अनुसार बेलायतमा किशोरीको गर्भधारण दरमा गिरावट आए पनि गर्भधारण गर्ने महिलाको औसत संख्या भने बढ्दो छ ।

स्रोत – नयाँ पत्रिका

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button