चीनको व्युटि एक्स्पोमा पोखराका व्यवसायी सहभागी

पोखरा-
पोखरा लगायत नेपालका विभिन्न जिल्लाका सोन्दर्यकर्मी महिलाहरु चीनको सांघाईमा आयोजित ३ दिने व्युटि एक्स्पो २०१७ मा सहभागी भएका छन् ।

सौन्दर्य व्यवसायमा भित्रिएका नविनतम प्रविधिहरुको बारेमा जानकारी लिने उद्देश्यसहित नेपालका व्यवसायी हालै सम्पन्न उक्त एक्स्पोमा सहभागी भएका हुन् । पोखरा उद्योग वाणिज्य संघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको पहलमा व्यवसायी उक्त एक्स्पोमा सहभागी भएका थिए । पोखरा, काठमाडौं लगायत विभिन्न जिल्लाका १९ जना सौन्दयकर्मी र ३ जना हेयर ड्रेसर पुरुष एक्स्पोमा सहभागी भएको कार्यक्रम संयोजक एवं नेपाल घरेलु उद्योग महासंघका केन्द्रीय सदस्य चिनु गुरुङले जानकारी दिइन् ।

एडभान्स तालिमहरु प्रदान गरिएको उक्त मेलाबाट नेपाली व्यवसायी लाभान्वित भएको गुरुङले बताइन् । ‘सौन्दर्य व्यवसायको अन्तर्राष्ट्रिय स्तरलाई बुझ्न एक्स्पो निकै फलदायी भयो,’ उनले भनिन्, ‘सौन्दर्य व्यवसाय स्वास्थ्यसँग जोडिएकाले सकेसम्म धेरै ज्ञान लिन आवश्यक छ ।’ केमिकलयुक्त सौन्दर्य प्रशाधनलाई निरुत्साहित गर्न र अन्तर्राष्ट्रिय स्तरको हर्वल उत्पादनको सम्भाव्यतालाई बुझ्न पनि एक्स्पो सहयोगी भएको उनले बताइन् ।

एक्स्पोमा सहभागी हुन पोखराबाट चिनु, गुुरुङ, इन्दिरा रोका, कल्पना कोइराला, छाँया ढकाल, सोनम गुरुङ, बबिता कार्की, सुस्मा गुरुङको टोली चीन गएको थियो । कार्यक्रममा इन्टरनेशनल ब्राण्डका सौन्दर्य सामग्री तथा विभिन्न देशका सौन्दर्य विज्ञ, व्युटी इन्स्टिच्युट र स्कुलको सहभागिता थियो । एक्स्पोमा व्युटी सैलुन, स्पा, प्रोफेशनल मेकअप, नेल केयर÷आर्ट, टाटु, हेयर डिजाइनमा आधुनिक प्रविधिको प्रयोग र संचालनको बारेमा जानाकारी हासिल भएको गुरुङले जानकारी दिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button