चिनियाँ साहित्यकारद्वारा पोखराका विभिन्न पर्यटकीय स्थल भ्रमण

पोखरा न्युज –

नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यकार एवम् कलाकर्मीको प्रतिनिधिमण्डललाई शनिबार  तथा पोखराका विभिन्न पर्यटकीय स्थलमा भ्रमण गराइएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको निमन्त्रणमा नेपाल भ्रमणमा आएको चिनियाँ टोलीलाई यसअघि ठमेलका  विभिन्न सम्पदा तथा पर्यटकीय स्थानमा भ्रमण गराइएको थियो

दुवै देशका कला, संस्कृति तथा साहित्यबारे जनस्तरमा प्रचारप्रसार तथा संस्कृतिको आदानप्रदान गरी राजनीतिक तथा आर्थिक सशक्तीकरणका लागि सो भ्रमण गराइएको हो ।

चाइना फेडरेसन अफ लिट्रेरी एण्ड आर्ट सर्कलका प्रमुख पान लुसेङ्गको नेतृत्वमा शुक्रबार सो टोली तिनदिने भ्रमणका लागि नेपाल आएको थियो ।

अघिल्लो दिन प्रतिष्ठानसँग सो प्रतिनिधिमण्डललले ‘साहित्यिक, सांस्कृतिक आदानप्रदान’ सम्बन्धी समझदारी आगामी पाँच वर्षका लागि नवीकरण गरेको थियो ।

सन् २०११ को डिसेम्बर ३० मा पहिलो पटक गरिएको सो समझदारीबाट दुवै पक्ष लाभान्वित भएको बताइएको छ । उनीहरुलाई आज आइतबार चन्द्रागिरिको भालेश्वर मन्दिर तथा स्वयम्भूनाथ, बौद्धनाथ चैत्यको भ्रमण गराइ बिदा गरिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button