पोखरामा जारी सिटी रेबान महोत्सवमा बिहीबार आठ हजार बढी दर्शक आए

पोखरा न्युज । 

नयाँबजारको प्रदर्शनी केन्द्रमा सोमबारदेखि जारी छैटौं संस्करणको सिटी रेबान महोत्सव तथा फुड फेस्टिभलमा बिहीबार दर्शकहरुको उल्लेखनीय उपस्थिती रह्यो । ८ हजार बढी दर्शकले मेलाको अवलोकन गरे भने ७ लाख बराबरको कारेवार भएको कार्यवाहक अध्यक्ष दीपक तीमिल्सेनाले जानकारी दिए ।

बिहीबार बिहानैदेखी परेको पानीले महोत्सव आउन चाहानेलाई असजता भएपनि दर्शकहरुको उपस्थिती उल्लेखनीय भएको तीमिल्सेनाले सुनाए । ‘झरीले दर्शकलाई असहज बनायो । तर बिहीबार दर्शकको उपस्थितीले हामी उत्साहीत छौं’ उनले भने ।

१ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा व्यावसायिक प्रयोजनका ९५, रेस्टुरेन्टका १०, सामाजिक संघसंस्था र सुरक्षा तथा स्वास्थ्य सम्बन्धी २० गरी १ सय २५ स्टल रहेका छन् ।

महोत्सवमा बिहीबार स्थानिय कलाकारहरुको प्रस्तुती रह्यो । लोकगायक रामजी खाँड उपस्थित हुन नसकेपछि उनको प्रस्तुती दर्शकले शुक्रबार हेर्न पाउने भएका छन् । गायक रामजीसँगै शुक्रबार शर्मीला गुरुङ लगायत अन्य कलाकारको प्रस्तुती रहेको महासचिव जीवन दाहालले जनाए ।

महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय लोकदोहोरी कलाकारको दैनिकरुपमा प्रस्तुति, पप कन्सर्ट, हास्य कलाकारको प्रस्तुति, २५ देखि ४० वर्ष उमेर समूहका गृहिणी एकल नृत्य प्रतियोगिता, कृषि प्रदर्शनी र दसैंको अवसरमा च्यांग्राको बिक्री वितरण एवं प्रदर्शनी महोत्सवको मुख्य आकर्षण रहेको छ। पहिलोपटक महोत्सवमा भाले छोप्ने र ढिँडो खाने प्रतियोगिता समावेश छन् ।

करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको महोत्सवमा ४१ लाख ९५ हजार रुपैयाँ खर्च र ४८ लाख ४० हजार रुपैयाँ आम्दानी गर्ने अनुमान छ । बचत रकमबाट ५ प्रतिशत पर्यटन प्रवद्र्धनका लागि, ५ प्रतिशत दैवी प्रकोपका लागि र ५ प्रतिशत असहाय बालबालिकाका लागि खर्चिने जानकारी दिइएको छ ।

महोत्सवको प्रवेश शुल्क ७० रुपैयाँ राखिएको छ । विद्यार्थी, अशक्त, वृद्धवृद्धा, बालबालिकाका लागि परिचयपत्रको आधारमा छुटसहित ४५ रुपैयाँ कायम गरिएको छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button