पोखरामा सिटी रेवान महोत्सव तथा खाना महोत्सव मङ्सिर २ गतेदेखि

पोखरा –

पोखरा नगर रेस्टुराँ तथा वार एसोसिएसन (सिटी रेवान) पोखराले आगामी मङ्सिर २ देखि १२ गतेसम्म पोखरा रङ्गशालामा पाँचौँ सिटी रेवान महोत्सव तथा खाना महोत्सव गर्ने भएको छ ।

पर्यटन प्रवद्र्धन एवम् लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिन लागिएको सो महोत्सवमा १२५ वटा स्टल राखिने छ । महोत्सवलाई थप आकर्षण बनाउन अन्तर समाज दोहोरी गीत, ढिडो खाने प्रतियोगिता, पप कन्सर्ट, राष्ट्रिय चर्चित हाँस्य कलाकारको प्रस्तुति, २५ देखि ४० वर्ष उमेरसम्मका एकल महिला नृत्य र रत्यौली प्रतियोगिताको आयोजना गरिने सिटी रेवानका अध्यक्ष केपी शर्मा पाध्यले जानकारी दिनुभयो ।

महोत्सव एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव सम्पन्न गर्नका लागि रु ३९ लाख ८५ हजार ५०० खर्च हुने र रु ४४ लाख ५५ हजार आम्दानी हुने अनुमान गरिएको छ । महोत्सवबाट बचेको रकमबाट १० प्रतिशत पर्यटन प्रवद्र्धन र पाँच प्रतिशत असहाय बालबालिकाको लागि सहयोग गर्ने बताइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button