पोखरामा क्लारा ईन्टरनेश्नल स्पा तथा व्यूटि कलेज स्थापना

पोखरा –
पोखरा महेन्द्रपुलमा रहेको हङकङ व्यूटि इन्स्टिच्यूट प्रालिले पोखरामा क्लारा ईन्टरनेश्नल स्पा तथा व्यूटि कलेज स्थापना गरेको छ । नेपालमै पहिलो पटक मलेसियाको क्लारा इन्टर नेश्नल कलेजसंग समन्वय गरी फेन्चचाईजी को रुपमा उक्त कलेज पोखरामा स्थापना गरेको प्रालिका अध्यक्ष मीना गुरुङले बताईन ।

उक्त कलेजको बुधबार एक समारोहका बिच उद्घाटन गर्दै क्लारा ईन्टर नेश्नल कलेजका संचालक प्रा.डा. डाटीन क्लाराले व्यक्तिको छाला र अनुहार सम्बन्धि राम्रो रेखदेख गर्नको लागि गुणस्तरीय सौन्दर्यका सामान र प्रयोग गर्ने विधि आवश्यक भएको बताइृन ।  गुरुङले क्लारा कलेजको सम्बन्धन प्राप्त १३ औं कलेजको रुपमा नेपालको एक मात्र कलेज  पोखरामा फेन्चचाईजीको रुपमा स्थापना गर्न सफल भएको बताउदै उक्त कलेजले धेरै गुणस्तरीय व्यूटिसियन तथा थेरापिष्टहरु उत्पादन गर्ने दाबी गरीन । ७४ बर्षीया क्लाराले नेपालमा आधुनिक र व्यावसायीक व्यूटिसियनहरुको धेरै सम्भावना भएकोले गर्दा पनि मीना गुरुङको पहिलो प्रस्तावमै आफुहरुले प्रकृया मिलायर सम्बन्धन दिएको जनाईन।

clara-international-nepal

विश्वका विभिन्न देशमा शाखाको रुपमा (मास्टर फेन्चआइची) को काम गर्दै आएको संचालक प्रा.डा. क्लाराले बताइन् । चाइना, बु्रनाई, बंगलादेश, अमेरिका, युएई, दुवई, भारत, हङकङ, म्यानमार, फिलिपिन्स लगायतका देशमा शाखाको रुपमा उक्त एकेडेमीले हाल व्युटिसियनको क्षेत्रमा काम गर्दै आएको छ । विगत ३० बर्ष देखि हङकङ व्यूटि इन्स्टिच्यूट संचालन गर्दै सयौं व्यूटिसियनहरु उत्पादन गर्दै आएकी गुरुङले व्यूटि पेशालाई अन्तराष्ट्रिय बजारसम्म लैजान र यस पेशालाई अझ बढी आधुनिक तथा व्यावसायीक ढंगले अघि बढाउन नेपालमै व्युटि कलेजको खोजी गर्दा धेरै कठिन भएकोले मलेसियाको कलेजसंगको सहकार्यमा उक्त कलेज पोखरामा स्थापना गरेको बताईन ।

प्रालिको ३० औं बार्षिकोत्सवको अवसरमा उक्त कलेजमा संचालनमा ल्यायसंगै पोखराका सौन्दर्यकर्मी तथा विभिन्न संघ संस्थाका व्यक्तिहरुले मीना गुरुङलाई खादा लगाउदै संस्थाको सफलताको कामना गरेका थिए । क्लारा ईन्टर नेश्नलले व्यूटि कस्मेटिक सामान उत्पादन, व्यूटि सम्बन्धी मास्टर्स तथा पिएचडी सम्मको अध्ययन समेत गराउँदै आएको छ ।

विश्व बजारमा यसको माग दिन प्रति दिन बढेकोले आफूहरुले सम्बन्धन लिएर काम गर्न लागेको अध्यक्ष गुरुङले बताइन् । प्रालिमा हाल एक सय जना जसो प्रशिक्षार्थीहरु रहेको म्यानेजर प्रजित गुरुङले बताए । कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका अध्यक्ष पम्फा पहारी, जिफन्ट गण्डकी धौलागिरीका उपाध्यक्ष रुद्र खत्रि, सञ्चारीका समुह पश्चिमाञ्चलका संयोजक जमुना शर्मा, महिला संचार उद्यमी हिरा भट्टराई, रेडियो अन्नपुर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठ, पत्रकार दुर्गा भण्डारी लगायतले सौन्दर्य पेशा मानवको स्वास्थ्यसंग पनि जोडिएकोले यसमा ध्यान दिदै आधुनिक तथा अझ व्यावसायीक बनाउनु पर्नेमा जोड दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button