पोखराको क्लारा इन्टरनेसनल व्यूटि कलेजबाट २३ जना द्वारा डिप्लोमा कोर्स पुरा

पोखरा –
पोखरा महेन्द्रपुलमा रहेको क्लारा इन्टरनेसनल स्पाः तथा व्यूटि कलेजबाट २३ जना व्युटिसियनहरुले व्युटि थेरापिस्ट सम्बन्धि ६ महिने डिप्लोमा कोर्स पुरा गरेकाछन । करिब ६ महिना अघि नेपालमै पहिलो पटक मलेसियाको क्लारा इन्टरनेसनल कलेजसंग समन्वय गरी फेन्चचाईजी को रुपमा उक्त कलेज पोखरामा स्थापना गरेसंगै पहिलो व्याचको रुपमा २३ जना युवतिहरुले उक्त कोर्स पुरा गरेको कलेजका अध्यक्ष मीना गुरुङले बताईन ।

हङकङ व्यूटि इन्स्टिच्यूट प्रालि विगत तीन दशक देखि संचालन गर्दै आएकी मीनाले अन्तराष्ट्रिय स्तरको मान्यता प्राप्त व्युटि कलेज स्थापनाले धेरै युवतिहरुलाई विश्वका कुनै पनि मुलुकमा गएर यस पेशालाई अपनाउन सक्ने सिप सहितको कोर्स आफुहरुले दिएकोले बताइन । उक्त कोर्स पुरा गर्ने युवतिहरुलाई शुक्रबार एक समारोहका बिच प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

यसै बिच नेपाल पत्रकार महासंघ कास्कीको नवनिर्वाचित टिमलाई खादा लगायर स्वागत तथा वदाई ज्ञापन गरिएको छ । अध्यक्ष गुरुङले महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, सहसचिव दीननाथ बराल, कोषाध्यक्ष संजय मल्ल, सदस्यहरु सुरज श्रेष्ठ, गिता राना, जैनव खातुन लगायतलाई खादा लगायर वदाई ज्ञापन गरेकी हुन । कार्यक्रममा बोल्दै महासंघ कास्कीका अध्यक्ष श्रेष्ठले सौन्दर्य क्षेत्रमा सक्रिय मिना गुरुङ पोखरा उपमेयरको रुपमा उठ्न लागेकोमा अग्रिम शुभकामना दिदै महिलाहरुलाई क्षमता अभिबृद्धि तथा आत्मनिर्भर वनाउन विभिन्न सिप आवश्यक भएको बताए ।

कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनिय नेपालका अध्यक्ष पम्फा पहारी, महासचिव सुमन गुरुङ, पत्रकार दुर्गा भण्डारी, अखिल नेपाल महिला संघकी सरस्वती भण्डारी लगायतले सौन्दर्य पेशा मानवको स्वास्थ्यसंग पनि जोडिएकोले यसमा ध्यान दिदै आधुनिक तथा अझ व्यावसायीक बनाउनु पर्नेमा जोड दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button