पोखराको महेन्द्रपुलमा सफाइ अभियान सम्पन्न

पोखरा न्युज ।

पोखरामा जारी बृहत् सफाइ अभियानको ६९ औं श्रृंखला महेन्द्रपुलस्थित साँघुमुखमा उल्लेख्य सहभागितासहित सम्पन्न भएको छ ।
हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने उद्देश्यले सञ्चालित कार्यक्रममा झण्डै १७ टन फोहोर मैला गरिएको साँघुमुख वातावरणमैत्री समूहका अध्यक्ष इन्द्रकुमार मानन्धरले बताएकी छन् ।

सिद्धि बक्स गण फूलबारी व्यारेकका गणपति प्रमुख सेनानी मदन थापाले राष्ट्रिय गान बजाएर कार्यक्रमको शुभारम्भ गरेका थिए भने पोखरा लेखनाथ महानगरपालिका वडा न. ९ का वडा अध्यक्ष रामराज लामिछानेले सहभागीहरुलाई सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएका थिए ।

 

यसपटकको सफाइ अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, पोखरा बस व्यवसायी समिति, मुक्तिनाथ विकास बैंकसँग आबद्ध प्याडोभा युनिभर्सिटी इटालीका प्रोफेसर एवं विद्यार्थी, अभियान क्लब महिला उपसमिति, ड्यामसाइड टोल विकास संस्था, रेडियो अन्नपूर्ण, लायन्स क्लब अफ पोखरा डल्फिन, पतंजली योग समूह नयाँबजार, जनप्रतिनिधि, स्थानीय टोल विकास संस्था, आमा समूहलगायत विभिन्न क्षेत्रका सामाजिक अभियन्ताहरुको ऐक्यबद्धता रहेको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिएका छन् ।

कार्यक्रममा साँघुमुख वातावरणमैत्री समूहका अध्यक्ष इन्द्रकमल मानन्धरले धन्यवाद ज्ञापन गरेकी थिइन् । ७० औं हप्ताको सरसफाइ अभियान असोज १४ गते बिहान ७ बजे नयाँबजारस्थित राम मन्दिरमा हुने बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button