पोखरामा बिना दर्ता सञ्चालनमा रहेका क्लिनिकलाई एक हप्ते अल्टिमेटम

पोखरा-

स्वास्थ्य मन्त्रालयको निर्देशन पछि जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको अगुवाइमा पोखराका केही निजी संस्थामा अनुगमन गरिएको छ ।

लेखनाथ, पृथ्वीचोक, न्युरोड, बिरौटा क्षेत्रका अस्पताल, औषधी पसल,क्लिनिक, डेन्टल क्लिनिक र ल्याबमाअनुगमन गरिएको छ । मापदण्ड नपु¥याइ सञ्चालित ठूला स्वास्थय संस्थामा भने टोली पुग्न सकेन । ठूलास्वास्थ्य संस्था प्रायजसोले प्रक्रिया  पु¥याउने भएकाले अनुगमन नगरिएको प्रतिक्रिया टोलीमा संलग्न सदस्यले दिएका छन् । टोलीले मंसिर २ गते बगर क्षेत्रका ९, ३ गते बिरौटा, पृथ्वीचोक र न्युरोडका १० र ५ गते लेखनाथ क्षेत्रका ९ गरी ३ दिनमा २८ संस्थाको अनुगमन गरेकोथियो ।

कुनै स्वास्थ्य संस्था बिना दर्ता र कुनै नवीकरण नगरी सञ्चालन गरेको पाइएको भन्दै टोलीले एक हप्ते अल्टिमेटम दिएको छ । पहिलो पटक भएकाले सचेत मात्र गराएर १ साताभित्र प्रक्रिया पु¥याउन पत्र काटिएको जनस्वास्थ्य अधिकृत वोधराज सुवेदीले बताए ।लेखनाथ र पृथ्वीचोकमा सञ्चालित २ डेन्टल क्लिनिकका सञ्चालक र कागज पत्र नै नभेटेपछि टोलीले सटर तानेर छाडेको छ । दुवै क्लिनिकलाई ३ दिनभित्र काजगाजत सहित उपस्थित हुन टोलीले निर्देशन दिएको छ ।

धेरैजसो औषधी पसलहरुले म्याद गुज्रेको औषधी व्यवस्थापन राम्रोसँग गरे पनि केहीमा भने लापारवाही देखिएको छ । औषधी पसलले क्लिनिक सञ्चालन गरे पनि त्यसको दर्ता नगर्ने, सेवा र मूल्यसूची देख्ने ठाउँमा नराख्ने, विपन्न वर्गलाई सिफारिसको आधारमा दिइने निशुल्क सेवा प्रभावकारी नभएको जस्ता समस्या अनुगमनका क्रममा भेटिएको छ । ठूला र नाम चलेकाअस्पतालहरुमा यसअघि पनि पटकपटक अनुगमन गरेको र यो पटक खास गरी छेउछाउ र नयाँ संस्थामा ध्यान केन्द्रित गरेको सुवेदीको तर्क थियो ।

अस्पतालहरुमा चिकित्सकको शुल्क कहिँ कतै उल्लेख गरेको नदेखिएको जनस्वास्थ्य अधिकृत सुवेदीले बताए ।  एउटाको नाममा फार्मेसी दर्ता गर्ने र अर्को व्यक्तिले चलाउने, फार्मेसीमा तालिम प्राप्त व्यक्ति नबस्ने, लागुऔषध जन्य औषधी बिक्रीको रेकर्ड दुरुस्त नराख्नेजस्ता समस्या देखिएकाले तुरुन्तसच्याउन टोलीले निर्देशन दिएको छ । निर्देशन पालना नगर्नेलाई औषधी व्यवस्था विभागले दर्ता खारेज सम्म गर्नसक्ने प्रावधान छ । जिल्ला तहमा विभागको शाखा नभएकाले जिल्ला प्रशासन कार्यालयलाई केही अधिकार प्रत्यायोजन गरिएको छ ।

अस्पताल तथा क्लिनिकमा साँघुरो कोठामा बेड राख्ने, ल्याबको सरसफाइमा ध्यान नदिएको पाइएको ठाउँमा पनि सुधारको लागि चेतावनी दिइएको छ । टोलीमा जनस्वास्थ्य अधिकृत सुवेदी, जनस्वास्थ्यका शाखा अधिकृत कृष्णप्रसाद बराल,जिल्ला प्रशासनका शाखा अधिकृत सुरेशचन्द्र कोइराला, जिल्ला प्रहरीकार्यालयबाट प्रहरी सहायक निरीक्षक सहभागी थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक दिनेशकुमार चापागाईंले जिल्ला तहबाट नियमित अनुगमन गरिने बताए । उनले भने,‘ठूला साना भनेर हामीले फरक व्यवहार गर्दैनौं, जनशक्तिले भ्याएसम्म अनुगमन गरी कारवाहीको दायरामा ल्याउँछौं ।’आजको समाधान राष्ट्रिय दैनिकमा समाचार छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button