पोखरामा कफी उत्पादन तालिम कार्यक्रम शुरु

पोखरा-

किसानहरुलाई प्राविधिक एवं सरल तरिकाबाट कफी उत्पादन गर्न ज्ञानदिने उद्देश्यले शुक्रबारबाट दुईदिने कफिचक्र प्रविधि तालिम शुरु भएको छ ।

राष्ट्रिय चिया तथा कफि विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराको आयोजना तथा जिल्ला कफी सहकारी संघ लि.को व्यवस्थापनमा उक्त तालिमको आयोजना गरिएको हो ।

तालिम कार्यक्रमको उद्घाटन गर्दै सांसद शारदा पौडेलले लगनशील भई कफी उत्पादन बृद्धि गर्न र खाली रहेका जग्गालाई सदुपयोग गरी आफ्नै देशमा आयआर्जन गरी व्यवसायिक रुपमा कफी खेती गर्न किसानहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथि राष्ट्रिय चिया तथा कफि विकास बोर्ड पोखराका निर्देशक लक्ष्मण पोखरेलले नेपाल कृषि प्रधान देश भएकाले कास्की आफैमा पनि कफी खेतीका लागि उपयुक्त जमिन भएकोले किसानहरुलाई नआत्तिइकन उत्साहित भई कफी उत्पादन बृद्धि गर्न लाग्नुपर्ने बताउँदै त्यसको लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

तालिममा कृषि विकास अधिकृत चन्द्र पुरी, कृषि प्राविधिक नगेन्द्र सुवेदी, देवेन्द्र पौडेल, सहायक कृषि प्राविधिक लक्ष्मी कुमारी रेग्मी लगायतले सहजीकरण गर्ने उक्त दुई दिने तालिममा कास्कीका १५ गाविसका कृषकहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा बरिष्ठ सहकारी प्रशिक्षक बालकृष्ण सुवेदी, भू संरक्षण कार्यालय कास्कीका अधिकृत नारायण प्रसाद पौडेल, जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारी, कास्की बचत तथा ऋण सहकारी संघका सचिव दीपक प्रकाश आचार्य, नेका क्षेत्र नं.२ का सभापति माधवप्रसाद बास्तोला, एमाले कास्कीका प्रतिनिधि शिव बराल, राप्रपा कास्की प्रवक्ता सूर्य बास्तोला, कृषक कलाधर भुगाई, जिल्ला कफि संघका विश्वबन्धु पोखरेल लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

जिल्ला कफि सहकारी संघका अध्यक्ष आनन्द सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रको संचालन सचिव हरि घिमिरले गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button