एमाले-माओवादीबीच झडप हुँदा एकको मृत्यु , आधा दर्जन बढी नेता कार्यकर्ता घाइते

२७ वैशाख, २०७४-

एमाले–माओवादी कार्यकर्ताबीच  झडप हुँदा बुधबार राति एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

दोलखाको गौरीशंकर गाउँपालिका – १ जुँगु दहबारीमा बुधबार राति भएको झडपमा स्थानीय कुलबहादुर तामाङको ज्यान गएको हो । तामाङको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बीच बाटोमा ज्यान गएको हो । तामाङ हुप्पाका स्थायी बासिन्दा हुन् ।

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटवालका अनुसार, झडपमा गौरीशंकर गाउँपालिका–२ का एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकी गम्भीर घाइते भएका छन् । उनलाई बुधबार राति नै उपचारका लागि काठमाडौं ल्याइएको छ । बुढाथोकी स्थानीय नीलकण्ठेश्वर उच्च माविका शिक्षक हुन् ।

दोहोरो झडपमा परि उमेद्वार भरत खड्कालगायत आधा दर्जन माओवादी कार्यकर्ता घाइते भएका छन् । खड्का नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार हुन् ।

एमाले–माओवादी दुवै पक्षले घटनामा एक अर्कालाई दोष दिएका छन् ।

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी कटवालले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

घटनापछि जुँगुका मतदातामा त्रास फैलिएको छ । अवस्थालाई सामान्य स्थितिमा फर्काउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

स्रोत – अनलाइनखबर –   https://www.onlinekhabar.com/2017/05/582756/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button