काँग्रेसको घरदैलो अभियान पोखरामा जारी, शिक्षा स्वास्थ्य र आवास पहिलो आवश्यकता – कुँवर

पोखरा-
नेपाली काँग्रेसका पोखरा लेखनाथ महानगरपालिकका मेयर उम्मेदवार रामजी कुँवर र उपमेयर सरस्वती गुरुङ घरदैलो अभियान अन्तर्गत पोखरा लेखनाथ वडा नं ३२ स्थित लामेआहालको सुकुमबासी बस्तीमा पुगेका छन् ।

लामेआहालमा रहेका सुकुम्बासी बस्तीलाई सम्बोधन गर्दै मेयरका उम्मेदवार रामी कुँवरले सुकुम्बासीलाई लालपुर्जाको मात्रै दिएर नपुग्ने भन्दै शिक्षा स्वास्थ्य र आवास अत्यावश्यक भएको बताए । ‘सुकुम्बासीलाई लालपुर्जा मात्रै दिएर पुग्दैन् ।’ उनले भने—‘बस्नको लागि उपयुक्त बास, बालबालिकाको लागि शिक्षा र स्वास्थ्य जस्तो आधारभूत आवश्यकता पनि परिपूर्ति गर्नुपर्छ । त्यसको जिम्मेवारी नेपाली काँग्रेसले लिने छ ।’ उनले वडाले उठाएका एजेण्डालाई समेत कार्यान्वयन गराउने तर्फ अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे ।

घरदैलो अभियानकै क्रममा उपमेयरकी उम्मेदवार सरस्वती गुरुङले लामो समयदेखि अलपत्र अवस्थामा रहेको क्षेत्रीय बसपार्क निर्माणलाई निर्वाचनको परिणामको भोलिपल्टबाटै शुरु गर्ने प्रतिबद्धता जनाईन् । उनले बसपार्क निर्माणलाई मुर्तरुप दिन सकिए महानगरपालिकाको सवारी व्यवस्थापनमा सहज हुने विश्वास समेत व्यक्त गरिन् । उपमेयर उम्मेदवार गुरुङले काँग्रेसले आश्वासन नबाड्ने भन्दै गर्न सक्ने कामको मात्रै आश्वासन दिने बताईन् ।

घरदैलो अभियान अन्तर्गत वडा नं ३२ अन्तर्गत गगनगौंडा, तल्लो गगनगौंडा, मालेपाटन, जनताको चौतारा, खोलाको छेउ, सातमुहाने देउराली लगायतको ठाँउमा पुगेर सर्वसाधारणसँग उम्मेदवारहरुले साक्षात्कार गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button