पोखरामा विना स्विकृती संचालित कन्सल्टेन्सी बन्द हुन्छन- पाण्डे

पोखरा-

पोखरामा स्विकृत विना सञ्चालित कन्सल्टेन्सीहरु बन्द हुने भएका छन् । शिक्षा मन्त्रालयले यस क्षेत्रमा रहेका कन्सल्टेन्सीहरुको अनुगमन पश्चात शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाका प्रमुख उपसचिव गौरीशंकर पाण्डेले पटक पटक सुचना जारी गर्दा पनि अटेर गर्ने त्यस्ता संस्थाहरुलाई बन्द गरिने बताउनुभयो ।

कन्सल्टेन्सी अन्र्तगत शैक्षिक परामर्श, भाषा शिक्षण तथा पूर्वतयारी कक्षा संचालन गर्ने फर्म तथा कम्पनीहरु पर्दछन् । शिक्षा मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाका प्रमुख उपसचिव पाण्डेको नेतृत्वमा आएको टोलीले तीन दिन लगाएर यस क्षेत्रका ८१ वटा कन्सल्टेन्सीहरुको अनुगमन गरेको थियो ।

पोखरामा मात्रै करिव १ सय ५० वटा कन्सल्टेन्सीहरु सञ्चालनमा रहेको अनुमान गरिएको छ । यसमध्य ८१ वटाले मात्र सञ्चालनका लागि मन्त्रालयबाट स्विकृत लिएका छन् । साथै २३ वटाले नविकरणका लागि आवेदन दिएका छन् । कन्सल्टेन्सी सेवा संचालन गर्नको लागि शिक्षा मन्त्रालयवाट अनुमति लिनुपर्ने नियमावलीले व्यवस्था गरिएपनि आफूखुसी सञ्चालन गर्नेको संख्या धेरै भएकाले यस क्षेत्रमा अनुगमन गरिएको पाण्डेले बताउनुभयो । अनुमतिको लागि आवेदन दिए पश्चात् स्थलगत अनुगमन गरेर मात्र स्वीकृती दिने गरेको अनुगमन टोली प्रमुख पाण्डेले वताउनुभयो । नेपाल शैक्षिक परामर्श संघ कास्की शाखाका अध्यक्ष मिलन तिवारीले कन्सल्टेन्सीहरुलाई कानुनी दायरामा ल्याउन आफूले पनि पहल गरिरहेको जानकारी दिनुभयो ।

अनुगमनमा मन्त्रालयको तर्फवाट शाखा प्रमुख उपसचिव पाण्डे, उपसचिव प्रेमराज खरेल, शाखा अधिकृतहरु हर्कवहादुर सिंह र रामकृष्ण जि.सी.को टोली सहभागि थियो । अनुगमनकै क्रममा नेपाल सरकार शिक्षा मन्त्रालयले जारी गरेको नियम परिधी भित्र रही कन्सल्टेन्सी सेवा संचालन गरे नगरेको र थप सेवा संचालन गर्न वा हटाउन चाहे लिखित जानकारी लिई सोही अनुसार स्वीकृत समेत दिइएको थियो । अनुगमनको लागि नेपाल शैक्षिक परामर्श संघ कास्की शाखाका अध्यक्ष तिवारी, सचिव भुवन क्षेत्री तथा भाषा सघं नेपाल कास्कीका अध्यक्ष युवराज खनाल लगायतले सहजीकण गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button