फिर्के-बुलौंदी सफाई अभियान बृहत पोखरा सफाईमा रुपान्तरित

पोखरा –

पोखरामा जारी बृहत सफाई अभियानको १९ र २० औं श्रृंखला उत्साहपूर्वक सम्पन्न भएको छ ।

१८औं हप्ताको फिर्के–बुलौंदीखोला बृहत सफाई अभियामन ड्यामसाईडस्थित फेवाताल किनारमा सम्पन्न् भए लगत्तै पोखराका २९ वटै वडादेखि लेखनाथ सम्म सफाई कार्यक्रमलाई निरन्तरता दिनका लागि १९ औं हप्ताबाट पोखरा उपत्यका बृहत सफाई अभियानमा रुपान्तरण गर्ने महत्वपूर्ण निर्णय भएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

१९औं हप्ताको सफाई अभियान पोखराको वडा नं. १ स्थित सांस्कृतिक सम्पदाको रुपमा परिचित गाइघाटबाट सुरुगरी झण्डै ४ टन फोहोर मैला संकलन गरिएको सामाजिक अभियन्ता एवं टोल विकास संस्था वडा समन्वय समिति पोखरा १का अध्यक्ष चन्द्रबहादुर गुरुङले बताए । सांसद शारदा पौडेलको विशेष उपस्थितिमा पोखरा उपमहानगरपालिका कार्यालयका नवआगन्तुक कार्यकारी अधिकृत नवराज ढुंगानाले फोहोरमैला उठाएर कार्यक्रमको आरम्भ गरेका थिए । सफाई कार्यक्रममा वडा भित्रका आमा समुह टोल विकास संस्था वडा नागरिक मञ्च, सुखवती बौद्ध गुम्बा लगायतका विभिन्न संघसंस्था र सामाजिक अभियान्ताहरुले ऐकेबद्धता जनाएका थिए ।

कार्यक्रममा मुक्तिनाथ विकास बैंकका तर्फबाट १५ सय डिस्पोजल ग्लोब र सुखवती बौद्ध गुम्बाले सहभागिहरुलाई चियापानको व्यवस्था गरेका थिए । त्यसैगरी २० औं हप्ताको सफाई अभियान वडा नंं. १ स्थित हरिचोक देखि बागबजार चोक, ट्याक्सी चोक, भिमकाली पाटन हुँदै टुँडिेलमा पुगेर समापन भएको थियो । सफाई अभियानमा झण्डै ७ टन फोहोर संकलन गर्दै वडावासीहरुलाई सार्वजनिक स्थलमा फोहोरमैला नफाल्न अनुरोध गरिएको नमुना आमा समुहका अध्यक्ष कल्पना बाँस्तोलाले जानकारी दिइन् । कार्यक्रमलाई ० किमि पोखरा– ५ मा क्रियाशिल रहेको अभियान युवा क्ल्व सहित अभियान क्लव महिला उपसमिति, मुक्तिनाथ विकास बैंक, क्राउड्स नेपाल, समाजिक अभियान्ताहरु र वडा नं. १ मा क्रियाशिल आमा समुह, टोलविकास संस्था र वडा नागरिक मञ्च लगायत विभिन्न संघसंस्थाहरुले सक्रिय सहभागि भई ऐक्यबद्धता जनाएका थिए । २१ औं हप्ताको सफाई अभियान वडा नं. २ हरिचोक देखि विन्ध्यवासिनी पार्कसम्म हुने जानकारी दिइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button