कास्की क्रिकेट संघलाई सहयोग


पोखरा,
वेलायत स्थित ग्लोशेष्टर क्रिकेट क्लवले कास्की जिल्ला क्रिकेट संघलाई सहयोग प्रदान गरेकोे छ । यस क्षेत्रको क्रिकेट विकासका लागि भन्दै उक्त क्लवले कास्की जिल्ला क्रिकेट संघलाई जर्सी प्रदान गरेको छ ।

उक्त क्लवले कास्की जिल्ला क्रिकेट संघलाई रोटरी क्लव अफ व्रिस्टोल युकेका पूर्व अध्यक्ष डा. टिम मिचेल मार्फत रोटरी क्लव अफ पोखरा फिस्टेलका पुर्व अध्यक्ष तेज गुरुङलाई सहयोग गर्न जर्सी पठाएको थियो । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष देवेनशन प्रजु, उपाध्यक्ष देवी प्रसाद गुरुङ क्रिकेटका प्रशिक्षक, खेलाडीलाई संयुक्त रुपमा गुरुङले जर्सी प्रदान गरेका थिए ।

सो अवसरमा संघका अध्यक्ष प्रजुले यस प्रकारको सहयोग क्रिकेट विकासका लागि महत्वपुर्ण रहने वताए । भुतपूर्व खेलाडी मंचका अध्यक्ष समेत रहेका तेज गुरुङले दुवै देश विचको सदियौं देखि स्थापित सम्वन्ध विकासका लागि यस क्षेत्रको क्रिकेटलाई वेलायत जस्तो क्रिकेटको मातृभुमी संग जोडन सहयोग पुग्ने वताए । उनले आगामी दिनमा समेत ग्लोशेष्टर क्लवले सहयोग गर्न सक्ने वताए । विगत वर्षमा पनि उक्त क्लवले संघलाई खेलकुद सामाग्री सहयोग गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button