१५ औं आहा रारा गोल्डकपको पूर्व सन्ध्यामा साइकल ¥याली

पोखरा-

१५ औ आहा रारा गोल्ड कपको पूर्व सन्ध्यामा शनिवार पोखरामा साइकल ¥याली आयोजना गरिएको छ । साइकल सिटी पोखरा र साइक्लिङ्ग संघ कास्कीको संयुक्त पहलमा पोखरालाई प्रदुषण मुक्त र खेलकुद पर्यटन शहरको रुपमा विकास एवम परिचित गर्न साइकल ¥याली आयोजना गरिएको सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यले वताएका छन ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले द्वारा उद्घाटित उक्त कार्यक्रममा साइकल सिटी पोखराका अध्यक्ष प्रकाश वर्जाचार्य, साइक्लिङ्ग संघ कास्कीका अध्यक्ष दिलिपराज श्रेष्ठ, सहारा क्लवका महासचिव केशव राज बराल, १५ औ आहा रारा गोल्ड कप प्रतियोगिताका संयोजक केशव वहादुर थापाले माघ ४ गते वाट सुरु हुने प्रतियोगितालाई सफल बनाउन हरेक क्षेत्रले खुलेर सहयोग गरेकोमा धन्यवाद व्यक्र गरे । ‘आहा रारा गोल्ड कप अव सहारा संग मात्र सिमित नभइ सवै पोखरेलीहरुको भएको र सवै यसको सफलताका लागि एकतावद्ध भएका छन’ संयोजक थापाले भने ।

१५ औ आहा रारा गोल्ड कप सफल बनाउन सवै पोखरेलीहरुलाई साइक्लिङ्ग मार्फत सन्देश दिन गरिएको साइकिल ¥याली पोखरा रंगशाला बाट सुरु भइ पोखराको विभिन्न भाग परिक्रमा गर्दै पुनः रंगशालामा आएर समापन भएको थियो । प्रतियोगिता माघ ४ वाट पोखरा रंगशालामा सुरु हुँदैछ भने राष्ट्रिय र अन्तराष्ट्रिय गरि १२ टिमको सहभागिता हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button