दलित शक्ति प्रदेश ४ मा परियार

पोखरा-

दलित शक्ति नेपाल प्रदेश नं. ४ को संयोजकमा शम्भु खाती परियार चुनिएका छन् । पोखराको सिर्जनाचोक स्थित नयाँ शक्ति पार्टीको सम्पर्क कार्यालयको सभाहलमा शुक्रबार दलित शक्ति नेपालद्वारा आयोजित प्रथम प्रादेशिक भेलाले ५१ सदस्यीय कार्यसमितिसहित परियारलाई संयोजकमा चुनेको हो ।

भेलाका प्रमुख वक्ता नयाँ शक्ति नेपालकी प्रदेश नं. ४ संयोजक बलावती शर्माले मुलुक सधै यसरी नै चल्न नसक्ने बताउँदै दलितका मुद्दालाई नयाँ शक्तिले मात्र शसक्त ढंगले उठाउदै आएको र महिला, दलित, आदिवासी जनजाती, व्यवसायी, मजदुरलागएत सम्पूर्ण वर्ग समुदाय देशको आर्थिक समृद्धिमा लाग्नुपर्ने बताईन् ।

भेलामा पार्टीका केन्द्रीय परिषद् सदस्य हरिनारायण गिरी, टिकाराम पौडेल, देवी सुवेदी, नारायणहरी तिवारी, जनार्दन वियोगी, खड्क बहादुर तमुलगाएतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै कास्की जिल्ला उत्प्रेरक जित बहादुर गुरुङ, जिल्ला संयोजक हेमबहादुर थापा, महिला शक्ति कास्की संयोजक लक्ष्मी खाती परियारलगाएतको उपस्थिति रहेको थियो ।

भेलाले प्रदेश स्तरिय दलित शक्तिको सहसंयोजकमा दुर्गाबहादुर रम्तेल, पुनम नेपाली र गोपाल बिकलाई चयन गरेको छ भने सदस्यमा राजकुमार बिक, अर्जुन परियार, अमर परियार, राजु परियार, सुर्य परियार, अर्जुन परियार, रामु सुनार, देबेन्द्र बिक, गोपाल बिक, मिनबहादुर परियार, ओमप्रकाश सुनार, नितीन परियार, जितु बराल बिकलगाएत रहेका छन् ।

नयाँ शक्ति पार्टीको मुल नारा ‘अबको निकास आर्थिक विकास’ प्रति दलित शक्ति नेपाल निश्पक्षरुपमा लागिपर्ने बताउदै दलित शक्तिको मुद्दालाई दिलो ज्यान दिएर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । भेलामा बागलुङ, तनहुँ, स्याङ्जा, मुस्ताङ, गोर्खा, नवलपरासी, लमजुङ, म्याग्दीबाट जनसहभागिता रहेको थियो । भेलामा स्वागत मन्तव्य दलित शक्तिका केन्द्रीय सदस्य रमेश सिकेले राखेका थिएभने संचालन कर्णबहादुर नेपालीले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button