डेण्टल एसोशिएसन गण्डकीमा डा.पराजुली

पोखरा –

नेपाल डेण्टल एसोशिएसन गण्डकीको अधिवेशनले आगामी दुई बर्षे कार्यकालकोलागि डा.उमेश पराजुलीको नेतृत्वमा सर्वसम्वत नयाँ नेतृत्व चयन गरेको छ । पराजुली यस अगाडीको कार्यसमितिमा उपाध्यक्ष थिए । उनि एसोशिएसन लगायत अन्य सामाजिक संघ संस्थाहरुमा समेत सक्रिय रहदै आएका छन् ।

निर्वाचन पछिको पहिलो बैठकले आगामी दिनमा समुदायमा आधारित कार्यक्रमलाई अगाडी बढाउने र बिभिन्न संघ संस्थाको समन्नयमा निशुल्क दन्त परिक्षण शिविरहरु सञ्चालनगर्ने निर्णय गरेको सचिव डा. कमल प्रसाद चपाईले बताए । बैठकमा भावी कार्यक्रमहरुको तर्जूमा र विगतका कार्यक्रमहरुको समेत समिक्षा भएको थियो ।

त्यसैगरी उपाध्यक्षमा डा.नवराज लम्डारी,सचिव डा. कमल प्रसाद चपाई,सह¥सचिव डा. अभिषेकमान गुभाजु र कोषाध्यक्ष डा.अर्जुन भण्डारीलाई निर्वाचित गरेको छ । सदस्यहरुमा क्रमश,डा.सपना लक्ष्मि तुलाधर,डा. नुवादत्त सुवेदी,डा. सन्दिपा काफ्ले र डा. सोनिया गुरुङ रहेका छन् । निर्वाचनसंगै एसोशिएसनले डा. बिष्णु बहादुुर बस्तोला,डा.रामभक्त अधिकारी,डा.सुमनलाल श्रेष्ठ र डा.सुनिल पनेरुलाई सल्लाहकारको मनोनयन गरेको छ । एसोशिएसनमा गण्डकी अञ्चलमा कार्यरत चिकित्सकहरु आवद्ध रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button