आफै चढेको ट्याक्टरले किच्दा गोरखामा एकको मृत्यु

पोखरान्युज डटकम, पोखरा  –

गोरखामा बुधवार आफै चढेको ट्याक्टरले किच्दा एक युबकको मृत्यु भएको छ  ।

गोरखा पालुङटार स्थित पौवाटार घर भएका बर्ष २१ का सुरज कुमालको ट्याक्टरवाट झर्ने क्रममा पाङग्राले किच्दा मृत्यु भएको हो ।

गोरखा जिल्लाको पालुङटार स्थित पौवाटार बाट डुम्रे  तर्फ जादै गरेको ना ५ त ४४९५ नं को टयाक्टर  किच्दा  कुमाल गम्भिर घाईते भएका थिए । बुधवार बिहान ८ बजे  बजेको समयमा घाइते भएका कुमाललाइ  उपचारको लागि डुम्रे तर्फ लैजादै गर्दा  बाटोमै  मृत्यु भएको प्रहरीले जनाएको छ  । ट्याक्टर चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको  छ ।

घटनाको बारेमा  थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button