पोखरा न्यूज – नयाँ प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउको पक्षमा उम्मेदवारी दर्ताकै बखत प्रस्ट बहुमत देखिएको छ ।
प्रधानमन्त्रीका उम्मेदवार सभापति देउवालाइ प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताब गरेका छन् । त्यसैगरि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र नेकपा (संयुक्त) का नेता जयदेव जोशीले उनलाई समर्थन गरेका छन् । यिनै प्रस्ताबक र समर्थक दलहरुसंग संसदमा रहेका सांसदको संख्यालाई जोडेर हेर्दा उनको पक्षमा स्पस्ट बहुमत देखिएको हो ।
प्रधानमन्त्रीको उम्मेदवार देउवाको आफ्नै पार्टी कांग्रेससँग रहेको २०६ सांसदमा प्रस्ताबक पार्टी माओवादी केन्द्रसँग रहेका ८१ सांसद र समर्थक मध्येको एक फोरम लोकतान्त्रिकसँग रहेको १६ सांसद जोड्दा हाल संसदमा कायम रहेको सदस्य संख्या ५९३ को बहुमत ३०३ पुग्छ । सामान्य बहुमतका आधारमा देउवा प्रधानमन्त्री बन्न देउवा २९७ सांसदको समर्थन चाहिन्छ । देउबालाई समर्थन गरेको नेकपा संयुक्त संग भएका ३ र अन्य दुई समर्थक अखण्ड नेपाल पार्टी र समाजवादी जनता दल संग रहेका १ -१ सांसद जोड्दा देउवाको पक्षमा ३०८ मत पुग्छ । यी बाहेक अन्य साना दलले पनि समर्थन जनाउने कांग्रेसको आकलन छ । यसरी हेदा देउबालाई उम्मेदवारी दर्ताकै बखत स्पस्ट बहुमत देखिन जान्छ ।
संसद् सचिवालयले आज दिउँसो ४ बजेसम्म नयाँ प्रधानमन्त्री चयनका लागि उम्मेदवारीको सूचना दिन समय निर्धारण गरेको छ भने भोलि बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुनेछ ।