नेपालको ४० औ प्रधानमन्त्रीमा देउवा निर्वाचित

पोखरा न्युज –

नेपालको ४० औ प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  निर्वाचित भएका छन् ।

प्रधानमन्त्री पदका लागि देउवाकोमात्रै उम्मेदवारी परेकोमा  माओवादी केन्द्र, राप्रपा, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी लगायत अन्य साना दलको समर्थनमा देउवा प्रधानमन्त्रीमा  निर्वाचित भएका हुन् । नेकपा एमाले, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, परिवार दल लगायतका केहि दलले देउवाको विपक्षमा मतदान गरेका छन् ।

देउबाको पक्षमा ३ सय ८८ मत पर्‍यो भने विपक्षमा १ सय ७० मत परेको थियो ।  देउवाले  सबैभन्दा धेरै पटक चौथोपटक प्रधानमन्त्री बन्ने रेकर्ड समेत बनाएका छन् ।  देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए भने कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button