प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता, सरकार सञ्चालनका विषयमा छलफल

पोखरा न्युज –

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समसामयिक राजनीतिक एवम् सरकार सञ्चालनका विषयमा छलफल गर्नुभएको छ ।

अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा आज साँझ प्रधानमन्त्री देउवाले सरकार सञ्चालनका विषयमा कुराकानी गर्नुभएको प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

देउवाले प्रधानमन्त्रीको पद सम्हालेपछिको प्रमुख सत्तासाझेदार पार्टी माओवादी केन्द्रका अध्यक्षसँगको भेटवार्तामा आपसी सहमति र सहकार्यका आधारमा अघि बढ्ने विषयमा छलफल गर्नु भएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button