धुर्मुस सुन्तलीको मैथिली फिल्म, बने लखनभाई र लक्षुमनिया (भिडियो हेर्नुहोस)

पोखरान्युजडटकम –

हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) मैथिली फिल्ममा देखिएका छन् । बाल विवाह र चेलीबेटी बेचबिखन विरुद्धको फिल्म मुन्नीमा उनीहरु लखनभाई र लक्षुमनियाको भूमिकामा देखिएका हुन् ।

समाजसेवासँगै सन्देशमुलक फिल्म निर्माणमा लागेका धुर्मुस सुन्तलीको बालमैत्री स्थानीय शासनसम्बन्धी फिल्मलाई दर्शकले निकै रुचाइरहेका छन् । युट्युबमा उक्त फिल्म करिब २ लाख पटक हेरीसकिएको छ । ज्योतिपछि धुर्मुस सुन्तलीले मैथिली फिल्म मुन्नी युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।

सिराहाको लाहानमा छायाँकन भएको मुन्नीमा तराई क्षेत्रको दाइजोप्रथा र यसले निम्त्याउने चलीबेटी बेचबिखनको समस्यालाई देखाइएको निर्देशक सिताराम कट्टेलले बताएका छन् । फिल्ममा दाइजो दिनु नपर्ने भन्दै नचिनेको मान्छेलाई छोरी सुम्पिँदा आइपरेको जोखिमलाई देखाइएको छ । मैथिली भाषाका संवादहरु बोल्न कठिन रहेपनि सकेसम्म राम्रो गर्न खोजेको कुञ्जना घिमिरेले बताएकी छिन् ।

दीपक आचार्यको कथा रहेको मुन्नीमा धुर्मुस सुन्तलीसँगै दीपक आचार्य, महेन्द्र झा, रुपा झा, गौरी नारायण ठाकुर, दिनेश रसिया, सरबन यादब, प्रेमनारायण झा, गजेन्दर ठाकुरलगायको अभिनय छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button