पत्रकार महासंघ कास्कीको अध्यक्षमा श्रेष्ठ विजयी

पोखरा-

पत्रकार महासंघ कास्कीमा शुक्रबार सम्पन्न  १० औं अधिवेसनबाट  अध्यक्षमा  दीपेन्द्र श्रेष्ठ चुनिएका छन् ।

प्रेस चौतारी प्यानलबाट चुनावी मैदानमा उत्रिएका  श्रेष्ठले अध्यक्षका अर्का प्रत्यासी प्रेस युनियन प्यानलका रमेश पौडेललाई  २० मतले पछाडि पार्दै विजयी भएका हुन्  । श्रेष्ठले १५५ मत ल्याएका छन् भने  पौडेलको पक्षमा १३३ मत परेको छ ।

उपाध्यक्षमा प्यानलकै त्रिभुवन पौडेल १७९ मत ल्याई विजयी भए भने प्रतिस्पर्धि यदुनाथ बंजाराले ११० मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष महिलामा युनियन प्यानलकि बिमला भण्डारी विजयी भइन् । उनको पक्षमा १३८ मत परेको छ भने  निकटमतम् प्रतिष्पर्धी स्मीता अधिकारीले १२५ र ईश्वरी पौडेलले २१ मत प्राप्त गरिन् । पौडेलको प्रेस चौतारीवाटै बागी  उम्मेदवारी परेको थियो ।

सचिवमा १५० मत  ल्याउँदै रामप्रसाद तिमिल्सिना  विजयी भए । उनले १३२ मत ल्याएका बासुदेव मिश्रलाई पराजित गरेका हुन्  ।
सह-सचिवमा  निकटतम् प्रतिष्पर्धी फडिन्द्र अकिंचनलाइ ४१ मतले पछाडि पार्दै दिननाथ बराल विजयी भए । उनले १६२ मत ल्याउँदाका निकटतम् प्रतिष्पर्धी फडिन्द्र अकिंचनले १२१ मत ल्याएका छन् ।  सह-सचिव समावेशीतर्फ भने  दीपक परियार विजयी भए । उनले १६७ मत ल्याउँदा उनका प्रतिष्पर्धी भूपाल गुरुङले ११० मत ल्याए । कोषाध्यक्षमा सञ्जय मल्लले १४७ मत  ल्याई बिजयी बने भने  उनका प्रतिष्पर्धी बसन्तराज अधिकारीले १३४ मत ल्याएका छन् ।

पदाधिकारीमा उपाध्यक्ष महिलामा विजयी बिमला भण्डारी र सहसचिवमा दीननाथ बराल बाहेक अन्य पद चौतारी हात पारेको हो ।
खुलातर्फ  ८ सदस्यमा  सुरेन्द्र पौडेल १८५, रञ्जन अधिकारी १८०, एकराज गिरी १७४, कृष्ण दवाडी १६७, मनोज घर्तीमगर १५८, कमल पौडेल ‘अथक’ १४८, प्रकाश ढकाल १३१ र सुरज श्रेष्ठ १२८ बिजयी भएका छन् । सदस्यमा विजयीमध्ये कमल पौडेल अथक र प्रकाश ढकाल २ जना मात्र  प्रेस युनियन प्यानलवाट  परे । छनोट हुन नसकेका सदस्यका प्रतिष्पर्धी शिवराज बस्ताकोटी ११४, सन्तोष सुवेदी ११०, हेमराज अधिकारी १०९, बिमला थापा १००, दिलप्रसाद गुरुङ ९८, प्रल्हादचन्द्र घिमिरे ९३, श्रीभद्र पौडेल ८७, र परशुराम शर्मा ८२ मत प्राप्त गरेका हुन् ।

सदस्य समावेशी जनजाति तर्फ गीता रानामगर विजयी भए । उनले १५९ मत ल्याएका छन् । शिलादेवी गुरुङले ११३ मत ल्याइन् ।
सदस्य समावेशी महिलातर्फ उमा आले मगरले १६४ मत ल्याउँदै विजयी भइन् । पराजित ज्योति हमालले १०९ मत ल्याइन् । विजयी गीता र उमा दुवै चौतारी प्यानल हुन् ।

यसअघि बिहिबारै समावेशी अल्पसंख्यकतर्फ जैनव खातुन र दलिततर्फ रेम बिक निर्विरोध चयन  भैसकेका छन्  ।

तस्बिर – फेसबुक वाट

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button