अमेरिका छाडी युवाले पोखराको लेकसाइडमा संचालनमा ल्याए डोको रेस्टुरेन्ट एण्ड वार

गणेश बराल , पोखरा –

नारायणगढका एक युवाले अमेरिका छाडी पोखराको लेकसाइडमा रेस्टुरेन्ट एण्ड वार संचालनमा ल्याएका छन् । अध्ययनको सिलसिलामा अमेरिका पुगेका चितवनका युवा शिब प्रधानले नेपाल फर्किएर लेकसाइडमा करीब एक करोडको लागतमा डोको रेस्टुरेन्ट एण्ड वार संचालनमा ल्याएका हुन् । ६ बर्षको बसाइ पछी नेपालमै त्यो पनि पोखरामै केहि गर्छु भन्ने मनसायले स्वदेश फर्किएको र आफ्नो रुचिको क्षेत्र रेस्टुरेन्टमा लगानी गरेको प्रधानले बताए ।

फाइन आर्ट्समा एमबीए गरेका प्रधानले धेरै व्यक्तिको सपना अमेरिका हुने भएतापनि आफु अमेरिकामा नबसी नेपालमै केहि गरौ भन्ने मनसायले आफुलाई सानैदेखि मनपर्ने रमणीय सहर पोखरामा ब्यबसाय सुरु गरेको जनाए । प्रधानले पोखराका आफ्नो साथि प्रगत कायस्थ संग मिलेर सेन्टर प्वाईन्टमा रहेको साथीकै घरमा साझेदारीमा रेस्टुरेन्ट ब्यबसाय सुरु गरेका हुन् ।

नेपाली समाजमा डोको बिभिन्न सामान ओसार्ने बस्तुको रुपमा चिनिने बताउदै प्रधानले घर गाँउमा पाईने अर्गानिक उत्पादनलाई सहरमा ओसारी ताजा सिजनल खानेकुराहरु रेस्टुरेन्टमा उपलब्ध गराउने उधेश्यले रेष्टुरेण्टको नाम डोको राखेको प्रधानले बताए। उनले भने, ” हामीले रेस्टुरेन्टमा सिजन अनुसार खानाका परिकार पस्किन्छौ र सिजन अनुसारनै मेनु निर्धारण गर्दछौ।” प्रधानले नेपाली परम्परागत भान्साका सामाग्रिहरुको लोप हुदै गएको बताउदै त्यस्ता सामानहरु संगालेर आफुहरुले रेस्टुरेन्टलाई संग्राहलयको रुप दिन लागेको बताए । उनले भने मुधुस, ताउलो, काठको ठेकि, थाली जस्ता पुराना भान्सामा प्रयोग हुने सयौ बर्ष पुराना सामाग्रिहरु हामीले संकलन गरिरहेका छौ ।

एक पटकमा ७० जनालाई सेवा दिन  सक्ने क्षमता रहेको उक्त रेस्टुरेन्टमा हाल १५ जनाले रोजगार पाएका छन् ।  क्रिसमस देखीनै संचालनमा आएको रेस्टुरेन्टको शुक्रबार राति रोयल पामका संचालक एबम चितवनको रोयल सेन्चुरी होटलका संचालक सुभास प्रधानले उद्घाटन गरेका हुन् । होटल ब्यबसायी सुभास प्रधान शिब प्रधानका बुबा हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button