डा. केसीको समर्थनमा पोखरामा ¥याली प्रर्दशन

डीएनबी-
पोखरा १८, 

डाक्टर गोविन्द केसीको समर्थन गर्दै पोखरामा शनिबार  ¥यालीको आयोजना गरिएको छ ।

पोखराका विभिन्न अस्पतालका  स्वाथ्यकर्मी, नेपाल मेडिकल एशोसियसन, नागरीक समाज पोखराका पदाधिकारी लगायतका विभिन्न संघ संस्थाका पदाधिकारीहरुको बाक्लो  उपस्थितिमा भएको ¥यालीको  अगुवाई  विवेकशिल नेपाली दल कास्कीले गरेको हो ।

डा. केसीको अनसन सम्पुर्ण मेडिकल माफिया बिरुद्धको भएको बताउदै उनको माग पुरा गराउन जोडदार माग गर्दै पोखरामा ¥याली प्रदर्शन भएको कार्यक्रम संयोजक राजाराम केसीले बताए । सरकारलाई दवाव दिन आफुहरुले पोखरामा डा. केसीको समर्थनमा ¥याली सहित उनले उठाएको माग पुरा गराउन माग गरीएको उनले जनाए ।

चिकित्सक क्षेत्रमा भएको माफिया तन्त्रको अन्त्यको माग गर्दै पटक पटक आमरण अनसन बस्दै आएका डा. केसी पछिल्लो २१ दिन देखि आमरण अनसरमा रहेका छन । डा. केसीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले उठाएका माग पुरा गराउन सरकारसंग पोखरेलीहरुले माग गरेका हुन ।

मेडिकल माफिया बिरुद्ध, देश, समाजको हितको लागि आफ्नो ज्यानको समेत प्रवाह नगरी आमरण अनसनमा वसेका डा. केसीको अनसन ऐतिहासिक भएको नागरीक समाज पोखराका अध्यक्ष रामबहादुर पौडेलले बताए । बिरोध –यालीमा सहभागिहरुले निधारमा पागल लेखिएको कालो पट्टी लगाएका थिए भने केहिको हात मा डा. केसीको माग पुरा गर, मेडिकल माफियाको अन्त्य गर, डा. केसीको अनसन माफियाको टेन्सन, जनताका डा. केसी लगायता नारा लेखिउका प्ले कार्ड समेत प्रर्दशन गरेका हुन । उनको माग पुरा नभएसम्म आफुहरुको पनि पोखरा क्षेत्रबाट आन्दोलन जारी राख्ने डा. दिपक कोईरालाले बताए । डा.केसी सत्यको पक्षमा लाग्दै आउदा सरकारले पागल भन्ने गरेकोले त्यसको बिरोधमा आफुहरुले पागल लेखिएको कालो पट्टी बाधेको ¥यालीमा सहभागि असोक लामाले बताए । पोखराको विभिन्न भागमा ¥याली प्रदर्शन भएको थियो ।

यसैबिच, त्रिवि कार्यकारी परिषदको शनिबार बसेको बैठकले आइओएमको डीनमा जगदीश अग्रवाललाई नियुक्त गरेको छ। यो नियुक्तिसँगै डा. गोविन्द केसीको पछिल्लो पटक उठाएको महत्वपूर्ण माग पुरा भएको छ । डीन नियुक्ति र अन्य मागमा सम्झौता नजिक भएकाले डा केसीको अन्सन पनि आजै तोडिने तय भएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button