रिभानमा पुनः पहिरो जादा पोखराको खानेपानी धमिलो

पोखरा न्युज ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ रिभानमा पुनः पहिरा जादा हाल पोखराकोे खानेपानी धमिलो भएको छ ।

रिभानमा पहिरो गएको स्थानमा पुनः कालोमाटो सहितको जंगलको भाग बग्दा तथा पाख्रेवस्ती भयर बग्ने खोलामा लेदो माटो आएकोले हुनाले पोखराको खानेपानीमा धमिलो भएको नेपाल खानेपानी संस्थान पोखराका प्रमुख निरज महर्जनले बताए । उनले पोखरा न्युज संग भने “ पहिरोको कारणले गर्दा हाल खानेपानी धमिलो भएको हो, पोखरा आउने पानीको मुहानमै धमिलो तथा लेदो पानी आएकोले गर्दा हाल पानीमा समस्या आएको हो ।”

धमिलो पानीले पाईप र धेरै धाराहरु विगार्ने भएकोले गर्दा समय समयमा धमिलो भए पनि पानी धाराबाट खोलेर फाल्न प्रमुख मर्हजनले आम पोखरेलीहरुलाई सुझाव दिएका छन । मर्हजनले भने “ यदि धमिलो तथा लेदो सहितको पानीको भाग पाईपमा थिग्रिन गएमा ठुलो समस्या हुन सक्न कहिले काहि पाईव बन्द हुन सक्छ जसले गर्दा पानी पास हुन पाउदैन । ” याम्दीमा धमिलो पानी फाल्ने र घरी घरी पाइप र धारामा समस्या नआओस भनेर पानी जोड्ने गरेको उनले बताए ।

पोखराका अधिकाशं धाराहरुमा धमिलो र लेदो पानी आउदा पोखरेलीहरुले सुद्ध खानेपानी उपलब्ध गराउन माग गर्दै आएका छन ।

तस्बिर – सुर्य पौडेल 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button