कानुन विपरित संचालित कन्सल्टेन्सी वन्द गर्ने गौतमको चेतावनी

पोखरा-

शिक्षा मन्त्रालय महाशाखाका निमिक्त सचिव सुर्य गौतमले शैक्षिक परामर्श गराउने अधिकाशं संघ संस्थाहरु नेपाल सरकारको कानुन विपरित संचालन भएको बताए ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले पोखरामा आयोजना गरेको चौथो बृहत शैक्षिक मेला २०७३ को सुक्रबार वेलुका समापन गर्दै निमिक्त सचिव गौतमले अवैधानिक परामर्श विभिन्न संघ संस्थाहरुबाट अध्ययनका लागि विदेश गएका धेरै नेपाली बिद्यार्थीहरुले सास्ती भोग्नु गरेकोले कानुन विपरित संचालनमा आएका संघ संस्थाहरुलाई वन्द गर्ने चेतावनी समेत दिएका हुन । उनले भने“ कानुन विपरित संचालनमा आएका कुनै पनि शैक्षिक परामर्श संघ संस्थाहरुलाई अब हामीले धेरै दिन संचालन गर्न दिदैनौं, नेपाली बिद्यार्थीहरुले विदेशका धेरै मुलुकमा अलपत्र पर्ने देखि बिद्यार्थीहरु ठगिने समस्या भएकोले त्यसको निराकरणको लागि हामीले छिट्टै परामर्श नियमावली ल्याउदैछौं, जुन नियमावली लागु भए पछि हामीले अवैध रुपमा संचालनमा आएका कुनै पनि त्यस्ता संस्थालाई संचालन गर्नै दिदैनौं ।” देश भरी हालसम्म ७ सय २९ वटा मात्र शैक्षिक परामर्श लिने संघ संस्थाहरुले सरकारसंग अनुमति लिएको उनले बताए । शिक्षा मन्त्रालयसंग जोडिएकोले अनुमति लिएका अधिकाशं संघ संस्थाहरुले हरेक बर्ष गर्नु पर्ने नविकरणमा समेत ढिलाई गरेको गौतमलेृ जनाए जनाए । ३२ वटा संस्थहरुले मन्त्रालयमा हालसम्म नविकरण गरेको बताएका निमिक्त सचिव गौतमले ८ सय ५४ वटा नयाँ संघ संस्थाहरुले शैक्षिक परामर्श लिनको लागि प्रकृयामा रहेको जनाए । ७ सय २९ संस्थाहरु मध्ये ३ सय ३८ वटा संस्थाहरु नविकरणको प्रकृयामा रहेको उनले बताए ।

अनुमति र कानुनि प्रकृयामा नआएका कुनै पनि त्यस्ता संस्थालाई अब सरकारले छुट नदिने उनीहरु उपर कडा रुपमा प्रस्तुतः हुने समेत गौतमले चेतावनी दिएका हुन । ईक्यान केन्द्र हुदै जिल्ला र सम्बन्धित शैक्षिक परामर्श दिने संघ संस्थाहरुले अध्ययनको लागि विदेश पठाउदा राम्र्रो विश्व बिद्यालय छनौट गरी पठाउन आग्रह गर्दै स्वदेशमा रहेका विश्व बिद्यालयमा पनि अध्ययन गर्न प्रोत्साहन गर्न उनले आग्रह गरे । नेपालको आर्थिक विकास पर्यटन, शिक्षाको केन्द्र र कृषि क्षेत्रबाट हुने प्रवल सम्भावना रहेकोले विदेश मात्र पठाउनु भन्दा स्वदेशमा पनि धेरै सम्भावना भएको गौतमले जनाए । शैक्षिक परामर्श दिदा कति शुल्कः लिने, हरेक संघ संस्थाहरुले कति बिद्यार्थीहरु कुन देशमा पठाएको लगत राख्न र त्यसको रिपोर्ट ईक्यान केन्द्र र मन्त्रालयमा पेश गर्न समेत निमिक्त सचिवले निर्देशन दिए । ईक्यान केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले नेपालीहरु कुन कुन देशमा अध्ययनको लागि उपयुक्त हुने हो त्यसको बारेमा प्रष्टसंग र शैक्षिक परामर्श संघ संस्थाहरुको परिभाषा समेत स्पष्ट हुनुपर्ने माग गरे । हिसान कास्कीका अध्यक्ष बाबुराम पन्तले अमेरीका जस्तो मुलुकमा नेपालबाट उच्च शिक्षा हासिल गर्न जाने ११ औं देशको रुपमा रहेको अमेरीकाका विभिन्न नियोगले सावर्जनीक गरेको तथ्याङकमा उल्लेख भएको जनाए । पोखरा क्षेत्रबाट बार्षिक रुपमा विश्वका विभिन्न मुलुकमा २ हजार जना जसो उच्च शिक्षा हासिल गर्न जाने गरेकोे सचिव भुवन क्षत्रीले बताए ।

संघ कास्कीका अध्यक्ष मिलन तिवारीको अध्यक्षतामा सम्पन्न भएको समापन सत्रमा इक्यान कास्कीका निवर्तमान अध्यक्ष राजेन्द्र बराल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, उपाध्यक्ष तथा मेला संयोजक रमेशकुमार थापा, सचिव भुवन क्षत्री, रुद्र प्रसाद अर्याल लगायतले यस्ता मेलाले बिद्यार्थीहरुलाई विदेश अध्ययन गर्न जान चाहानेहरुको लागि छनौट गर्न सहज हुनेमा जोड दिएका थिए । पुष २७ गते देखि पोखरा सभागृहमा संचालन भएको मेलामा ४५ वटा शैक्षिक परामर्श दिने स्टलहरु रहेका थिए । मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु, अष्ट्रेलीया, न्युजील्याण्ड, युके, अमेरीका, डेनमार्क, जापान, जर्मन, नर्वे, स्वीडेन, फिनल्याण्ड लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु भएका थिए । यस अघि कम्पनी मार्फत संचालन भएको उक्त मेला यसबर्ष देखि संघले नै आयोजना गरेको हो । मेलाबाट १५ लाख रुपैयाँ आम्दानी हुने र करिब १२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । वचत रकम गरीव तथा विपन्न बर्गको लागि छात्रबृत्तिकोष स्थापना गरीने भएको । नमस्ते इन्स्टिच्युटको प्रस्तुतिमा हुने मेलाको टाइटल स्पोन्सर मिराकल इस्टिच्युट, एशोसिएट पार्टनर बेकन प्रिमियर इन्टरनेसनल एजुकेसन र मुख्य प्रायोजक थर्ड आई रिसर्च सेन्टर रहेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button