पोखरामा ‘बृहत शैक्षिक मेला’ जारी

पोखरा-

पर्यटकीय नगरी पोखरामा आयोजित बृहत शैक्षिक मेला २०७३ को आज दोस्रो दिन करीब ५ हजार दर्शकले मेला अवलोकन गरेका छन ।

मेलाको दोश्रो दिन करीब ५ हजार बढी दर्शकको सहभागिता रहेको ईक्यान कास्कीका सचिव भुवन क्षत्रीले बताए । उनको अनुसार मेलाको दोश्रो दिन पोखरा आसपास सहित कास्कीका छिमेकी जिल्लाबाट समेत बिद्यार्थीहरु परामर्श लिन आएका छन। विहिबारको मेलामा भाग्यशालि दर्शकमा पोखरा न्युरोडकी वसुन्धरा श्रेष्ठ हुन सफल भएकी छन । मेलामा पुगेका बिद्यार्थीहरु मध्य लक्की ड्र गर्दा श्रेष्ठ भाग्य शालि हुदा स्मार्टफोन उपहार प्राप्त गर्न सफल भइन ।

भोलि पुस २९ गतेसम्म पोखरा सभागृहमा संचालन हुने मेलामा ४५ वटा शैक्षिक परामर्श दिने स्टलहरु रहेको सचिव भुवन क्षत्रीले बताए । मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु, अष्ट्रेलीया, न्युजील्याण्ड, युके, अमेरीका, डेनमार्क, जापान, जर्मन, नर्वे, स्वीडेन, फिनल्याण्ड लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु भएका छन । यस अघि कम्पनी मार्फत संचालन भएको उक्त मेला यसबर्ष देखि संघले नै आयोजना गरेको हो ।

नमस्ते एजुकेसन इन्स्ट्रिच्युटको प्रस्तुतीकरणमा मेला संचालन भएकोे हो । मेलाबाट १५ लाख रुपैयाँ आम्दानी हुने र करिब १२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । वचत रकम गरीव तथा विपन्न बर्गको लागि छात्रबृत्तिकोष स्थापना गरीने भएको छ । नमस्ते इन्स्टिच्युटको प्रस्तुतिमा हुने मेलाको टाइटल स्पोन्सर मिराकल इस्टिच्युट, एशोसिएट पार्टनर बेकन प्रिमियर इन्टरनेसनल एजुकेसन र मुख्य प्रायोजक थर्ड आई रिसर्च सेन्टर रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button