शिक्षामा सुधार ल्याउन राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम महत्वपुर्ण

पोखरा न्युज –
नेपालको शिक्षालाई तल्लो तह वाटै सुधार गर्न नेपाल सरकारले ल्याएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम महत्वुर्ण रहेको वताइएको छ । जिल्ला शिक्षा कार्यालय कास्की द्वारा आयोजित कार्यक्रममा सरकारले संचालन गरेको उक्त कार्यक्रम अन्तर्गत कास्कीका एक सय विद्यालय लाभान्वित हुने भएका छन ।

सो कार्यक्रम वारे जानकारी दिंदै कास्कीका उप जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालले युसएडको प्राविधिक सहयोगमा संचालित उक्त कार्यक्रम अन्तर्गत छनौटमा परेका एक सय विद्यालयले वार्षिक २ लाख प्राप्त गर्ने छन । विद्यालयको शिक्षाको गुणस्तर संगै विद्यार्थीहरुलाई पठन पाठनमा अभिरुची वढाउन यो कार्यक्रमले सहयोग पु¥याएको ढकालले वताए ।

हाल कास्कीमा उक्त कार्यक्रम अन्तर्गत ३ सय ८८ विद्यालय संचालित रहेका छन । कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुलाई लक्षित गरि संचालन गरिएको कार्यक्रमले वालवालिकाको शिक्षामा सुधारको संकेत समेत देखिएको ढकालले दावी गरे । ‘हामीले कार्यक्रम संचालन भएका मध्ये १ सय छनौट गर्दा निकै नै पारदर्शी तरिकाले गरेका छौं, ति विद्यालय २२ वटा स्रोत केन्द्र मध्ये छानेका हौं’–उनले भने ।
कार्यक्रम अन्तर्गत ३ सय ८८ विद्यालयका करिव १३ हजार ५ सय लाभान्वित मात्र भएका छैनन ति विद्यालयका शिक्षक र विद्यालय व्यवस्थापन समितीका पदाधिकारीहरुलाई समेत नियमित तालिम र प्रशिक्षण दिइएको ढकालले वताए । उक्त कार्यक्रमलाई थप उर्जा दिन विभिन्न ६ सय ८६ वटा पढाई समुह समेत गठन गरिएको छ भने घुम्ती पढाई शिविर पाठ्यपुस्तक सन्दर्भ समाग्रीको तयारी, प्रतियोगिता लगाएतका कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ ।
सो अवसरमा वोल्दै कास्कीका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले शिक्षालाई जिवनपयोगी बनाउन आजको आवश्यक्ता रहेको वताए । राज्यले शिक्षालाई प्राथमिकतामा पारेको हुनाले अवको शिक्षा प्रविधी मैत्री हुनु पर्ने कुरामा उनको जोड थियो । कार्यक्रममा प्राविधिक शिक्षा कार्यक्रमका संयोजक कृष्ण खतिवडाले समेत वोलेका थिए ।
नेपाल सरकारले उक्त कार्यक्रमलाई नेपालका १६ जिल्लामा राखेको छ भने कास्की सहित अन्य ५ जिल्लालाई थप प्राथमिकतामा राखेर कार्यक्रम संचालन गरिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button