भरतपुर महानगरपालिकाको मतगणना जारी , एमालेका देवी ज्ञवालीकै अग्रता

पोखरा न्युज –

भरतपुर महानगरपालिका १९ नम्बर वडामा हिजो सम्पन्न मतदानको मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेबाट प्रमुखका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ६ सय ६९ मत प्राप्त गर्नु भएको छ । माओवादी केन्द्रबाट प्रमुखकी उम्मेदवार रेणु दाहालले ४१ हजार २ सय ५२ मत प्राप्त गर्नु भएको छ । दुबै उम्मेदवार बीच ४ सय १७ मतान्तर रहेको छ ।

कंग्रेसबाट उपमेयरका उम्मेदवार पार्वती शाहले ४५ हजार १ सय ४० र एमालेका उम्मेदवार दिव्य आचार्यले ३८ हजार २ सय ३८ मत प्राप्त गर्नु भएको छ । वडा नम्बर १९ मा खसेको २८ सय ७० मत मध्ये २ हजार ७ मत गणना भइसकेको छ । आज राती अबेरसम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले बताउनुभयो ।

भरतपुरको कर्भड हलमा जारी मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणना स्थलमा ३ वटा सिसि टिभी क्यामरा जडान गरिएको छ भने तार जाली लगाएर गणक र पार्टी प्रतिनिधिलाई छुट्ट्याएर राखिएको छ ।

बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनपछि मतगणना गर्ने क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि त्यहाँ पुनस् मतदान भएको हो ।

यसअघि सो वडामा २ हजार ८ सय ९७ मत खसेको थियो । भरतपुर महानगरको प्रमुखमा एमालेबाट देवी ज्ञवाली र माओवादी केन्द्रबाट रेणु दाहाल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

स्रोत: इकान्तिपुर https://radiokantipur.ekantipur.com/news/2017-08-05/20170805081703.html

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button