तीन दलबीच सहमति, स्थानीय तहको चुनाव घोषणा केही दिनमै

८ माघ-

संविधान संशोधनबारे आआफ्नो अडानमा रहेका प्रमुख तीन दल आगामी मंसिरभित्र तीनै तहको निर्वाचन गर्न सहमत भएका छन् । साथै अब हुने चुनाव स्थानीय तहकै गर्ने पनि सहमति जुटेको छ ।
प्रधानमन्त्री प्रचण्डको आहृवानमा बालुवाटारमा बसेको बैठकमा बसेको कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरु संविधानले माघ ७ को समयसीमा दिएपछि व्यवहारिक रुपमा मंसिरभित्रै स्थानीय तह, प्रदेश र केन्द्रको चुनाव गर्नु पर्नेमा सहमत देखिएका छन् । सिद्धान्तत तीन वटै चुनाव मंसिरभित्र सहमत गर्न दलहरु सहमत भएका छन्, एमाले उपनेता सुवास नेम्वाङले भने ।

बैठकमा स्थानीय तहकै गर्ने सहमति भएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले आगामी वैशाखभित्र चुनाव गर्न सकिने बताएका थिए ।

यसका लागि अबको ३/४ दिनभित्र निर्वाचनसम्वन्धी विधेयक पास गर्ने सहमति भएको छ ।

लगतै सरकारले स्थानीय चुनावको मिति घोषणा गर्नेछ । विधेयक पास भएपछि चुनावको मिति घोषणा गर्ने सहमति भएको छ, माओवादी नेता नारायणकाजी श्रेष्ठले भने ।

स्थानीय तहको चुनाव घोषणा गर्नुअघि मधेसी मोर्चासँग चुनावका साथै संविधान संशोधन विधेयकबारे पनि सहमति जुटाउन सरकारले सम्वाद गर्नेछ ।

बैठकमा संविधान संशोधनबारे भने सत्तारुढ र विपक्षी दलहरु आ आफ्नै अडानमा रहे ।

विपक्षीले एमालेले संशोधन फिर्ता लिन माग गरेपनि सत्तारुढ दलहरुले अस्वीकार गरेका छन् । यसबारे धेरै छलफल नभएको एमाले संसदीय दलका उपनेता नेम्वाङले बताए ।

स्रोत – अनलाइनखबर https://www.onlinekhabar.com/2017/01/532012/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button