प्राधिकरण र पिपल्स पावरबीच विद्युत् खरिद सम्झौता

पोखरा न्युज –

नेपाल विद्युत् प्राधिकरण र पिपल्स पावर लिमिटेडबीच विद्युत् खरिद सम्झौता भएको छ ।

प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक जलदीश्वरमान सिंह र प्रवद्र्धकका तर्फबाट भरतबहादुर खत्रीले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । इलाम जिल्लामा आयोजनास्थल रहेको सो आयोजनाको क्षमता ४.९६ मेगावाट छ । सम्झौतानुसार हिउँदमा रु ८.४० र वर्षाकालमा रु ४.८० प्रतियुनिटका दरले प्राधिकरणले विद्युत् खरिद गर्नेछ । आयोजना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिनेछ ।

प्रतिमेगावाट रु १८ करोड लागत रहेको उक्त आयोजनाको कुल लागत रु ९० करोड रहने छ । रु तीस करोड शेयर लगानी र बाँकी रु ६० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणबाट ऋण लिइने छ । आगामी एक वर्षभित्र ५० प्रतिशत निर्माण गरी स्थानीय बासिन्दा र नागरिकका लागि शेयर लगानीको ३० प्रतिशत प्राथमिक शेयर निष्काशन गर्ने लक्ष्य राखिएको प्रवद्र्धक कम्पनीका प्रबन्ध सञ्चालक भरतबहादुर खत्रीले जानकारी दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button