कोरिया भाषा परिक्षाको लागि शुल्क तिर्न पोखरामा अघिल्लो दिन देखि लाईन

पोखरा –
रोजगार अनुमति प्रणाली (इपीएस) अन्र्तगत सन् २०१८ को कोरियन भाषा परिक्षाको अनलाइन फारम भर्न पहिला बैंकमा शुल्क तिर्नु पर्ने भए पछि बैंकमा शुल्क तिर्नको लागि पोखरामा भने एक दिन अघि देखि नै युवाहरु लाईनमा वसेका हुन्  ।

पोखरामा ग्लोवल आईएमईका दुई वटा शाखाबाट उक्त शुल्क लिने भए पछि युवाहरु एक दिन अघि रातको समेत कुनै प्रवाह नगरि लाईनमा वसेका थिए  । मंगलबार मध्यरात १२ बजेपछि अनलाईनबाट फारम भर्न सकिने भएको छ भने त्यसको लागि पहिला सम्बन्धित बैंकमा २४ डलर अर्थात २ हजार ५ सय २० रुपैया शुल्क तिरेर मात्र फारम भर्न सकिने भएको हो । एउटा मात्र बैंकबाट शुल्कः लिने भएकोले आफुहरुले फारम भर्न पाईदैन की भन्दै रातको समयमा पनि कुनै प्रवाह नगरी लाईनमा वसेको एक युवा अर्जुन रानाभाटले बताए ।

पोखरा रत्नचोक निवासि रानाभाट जस्ता धेरै युवाहरु एक दिनको लागि खानको समेत वास्था गरी लाईनमा बसेको युवाहरु बताउछन । सयौं भन्दा बढी युवाहरु लाईनमा वस्दा सुरक्षाकर्मीले सुरक्षा दिएको छ भने लाईनमा वसेका युवाहरुलार्इ दिशा पिसाप फेर्नको लागि समेत समस्या भएको एक युवा लक्ष्मण नेपालीले बताए । पोखरा न्युरोड पोखरा लेखनाथ महानगरपालिका कार्यालय अगाडी र पृथ्बीचोक स्थित होटल आनन्द नजिक रहेको ग्लोवल आईएमीमा शुल्क तिर्न युवाहरुको मंगलबार दिउसै देखि लाईनमा बसेका थिए । रातको समयमा पनि कुनै प्रवाह नगरी उनीहरु कोरिया जाने सपना वोकेर लाइृनमा बसेका हुन ।

रातभर लाइनमा बसेका युवा भोलिपल्ट पालो कुर्दै

कास्कीकोटका कृष्ण प्रसाद सुवेदी दोश्रो पटक कोरिया भाषाको परिक्षा दिने तयारीमा छन । किराना पसल संचालन गरे पनि कोरियामा रोजगारिमा जान पाए धेरै आम्दानी गर्न सकिने सपना वोकेर दोश्रो पटक कोरिया भाषाको परिक्षा दिने तयारिमा जुटेका हुन। पुरुष युवाहरुको साथमा महिलाहरु पनि रातको कुनै प्रवाह नगरी बैंकमा शुल्क तिर्न रातभरी लाइृनमा बस्ने भएको स्याङजा आरुखर्ककी सुवित्रा काफ्लेले बताईन । काफ्ले जस्तै तनहुँबाट कोरिया भाषाको परिक्षाको लागि शुल्क तिर्न पोखरा आएकी सोनिता रिमाल पनि एक दिन अघि शुल्क तिर्न लाईनमा बसेकिछन । आफ्ना दाजु कोरिया भएकोले दाजुको सल्लाह अनुसार कोरिया जाने सपना वोकेर रातको कुनै प्रवाह नगरी लाईनमा वसेको उनले बताईन ।

अनलाइनमा फारम भर्न ग्लोबल आईएमई बैंका तोकिएका शाखामा आवेदन शुल्क भने पहिले नै बुझाउनु पर्नेछ । बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइन फारम भर्न सकिने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button