खेलाडी मंच द्वारा वार्षिक कार्यक्रम प्रकाशित

पोखरा-
भुतपूर्व खेलाडी मंच नेपालले खेलकुद विकासका लागि आफ्नो वार्षिक कार्यक्रम अगाडी सारेको छ । मंचको सम्पन्न वैठकले पोखरा म्याराथनलाई थप शसक्त रुपमा अगाडी वढाउने निर्णय गर्दै कार्य विभाजन समेत गरेको छ ।

नयाँ कार्य विभाजन अनुसार म्याराथनलाई प्रभावकारी वनाउन नव निर्वाचित अध्यक्ष तेज गुरुङ्गलाई संयोजक तोकेको छ । मंचको अर्थिक संयोजकमा प्रथम उपाध्यक्ष हरी पराजुली, प्रचार प्रसार उपसमीती संयोजकमा केशव पाठक, अन्तराष्ट्रिय ओलोम्पिक दिवशका दिन ५ किलोमिटर दौडको संयोजकमा खेम वहादुर गुरुङ्गलाई संयोजक तोकेको छ ।

वैठकले मंचलाई थप व्यवस्थित गर्न वेवसाइट वनाउने तथा जुन २३ आलोम्पिक दिवशका दिन ५ किलोमिटर पत्रकार तथा ५० वर्ष माथी भेट्रानहरुको विचमा दौड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । मंचका हरेक गतिविधीलाई प्रभावकारी वनाउन लागि मेजर दिल वहादुर गुरुङ्गको संयोजकत्वमा सल्लाहाकार समिती गठन गरेको छ । जसको सदस्यमा डा. विरेन्द्र सिं गुरुङ्ग, अशोक पालिखे, जयराम हमाल, खिम वहादुर गुरुङ्ग, गणेश वहादुर भट्टराई, नारायण कार्की र सम्भु कार्की रहेका छन ।

मंचले संस्थामा थप सदस्यता विस्तार कार्यलाई अगाडी वढाउँदै २० जना पूर्व खेलाडीलाई आजिवन सदस्यता प्रदान गर्न स्विकृती प्रदान गरेको छ । वैठक मंचका अध्यक्ष तेज गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button