कक्षा ११ र १२ को बार्षिक परीक्षा सर्ने सम्भावना

१२ फागुन-

स्थानीय तहको चुनाव बैशाख ३१ मा हुने तय भएपछि कक्षा ११ र १२ को बार्षिक परीक्षा प्रभावित हुने भएको छ ।

निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ र बैशाख २५ देखि ३१ गतेसम्म सबै विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । विद्यालयहरुलाई मतदान केन्द्रको रुपमा प्रयोग गर्न र निर्वाचन तयारीमा सहयोग पुर्‍याउन आयोगले त्यस्तो निर्णय लिएको हो ।

यससँगै कक्षा ११ को परीक्षा पूर्ण रुपमा प्रभावित हुने निश्चित भइसकेको राष्ट्रिय परिक्षा बोर्डका कार्यकारी प्रमुख डिल्ली रिमालले बताए । उनले भने, कक्षा ११ को परीक्षा बैशाख २४ देखि जेठ ३ गतेसम्म थियो, अब यही बिचमा स्कुल तथा क्याम्पसहरु बन्द हुने भएपछि परिक्षा संचालन गर्न सकिँदैन ।’

निर्वाचन आयोगसँग परामर्श गरेर कक्षा १२ र ११ को नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने तयारी भइरहेको छ । कार्यकारी प्रमुख रिमालले भने, ‘निर्वाचन तालिकाले कक्षा १२ को परीक्षा पनि प्रभावित हुनसक्ने भएकाले आयोगसँग छलफल गरिरहेका छौं । छिट्टै नयाँ तालिका सार्वजनिक गर्छौं ‘

स्रोत अनलाइन खबर –   https://www.onlinekhabar.com/2017/02/547028/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button