२ करोड लगानीमा पोखराको वागमारामा दाना उद्योग सञ्चालनमा

पोखरा न्युज –
करीव २ करोड वढी लगानीमा पोखरा लेखनाथ ३३ वागमारामा दाना उद्योग सञ्चालनमा आउने भएको छ ।

मंगलवार एक सार्वजनिक सुनुवाई गरी अव केही दिनमा नै दाना उद्योग सञ्चालन गरीने सञ्चालकले जानकारी दिएका छन् । २०६९ साल देखी निर्माण शुरु गरीएको दाना उद्योगमा हाल सम्म २ करोड लगानी भएको र अझै पुर्ण रुपमा सञ्चालन गर्न थप ३ करोड लागत लाग्ने जानकारी दिइएको छ ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी प्याक नेपाल पोखरा कार्यलयका प्रमुख वोम वहादुर थापाले उद्योख खोल्नु ठूलो कुरा नभई त्यसलाई दिगोपन दिनु ठूलो कुरा भएको जानकारी दिनु भएको छ । साथै प्याक नेपाल गरेको सहयोग सानो भए पनी कृषकलाई व्यवसायी वनाउन उत्प्रेरणा जगाएको हुँदा सवै एक भएर उद्यम गर्न आग्रह गर्नुभएको छ ।

उक्त सार्वजनिक कार्याक्रममा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वावुराम गिरी, लामगादी टोल विकास सस्थाका अध्यक्ष नर व श्रेष्ठ, वडा नं ३३ का वडा अध्यक्ष शिव आचार्य, पुर्व सभाषद् कृष्ण गुरुङ्ग, प्याक नेपालका कन्सल्टेन्ट रानारायण शर्मा लगाएले दाना उद्योगले उत्पादनको गुणस्तरीयतामा वढी जोड दिन र स्थानियलाई प्राथमीकता दिन आग्रह गरेका छन् ।

कम्पनीका अध्यक्ष सुर्यप्रसाद पौडेलको सभापतीत्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कम्पनीका शेयर सदस्य यदुराज आचाय सञ्चालन सस्थाका व्यवस्थापक यज्ञप्रसाद अचार्यले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button